काठमाडौं, २७ फागुन
नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलले बुधबार नयाँ पुराना सांसदहरुको परिचयात्मक कार्यक्रमको आयोजना गर्यो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा सम्पन्न परिचायत्मक कार्यक्रम सम्पन्न भएको हो ।
दलको कार्यक्रमबारे प्रमुख सचेतक कृष्णबहादुर रोकायले प्रसार गरेको प्रेस नोटमा देशको समसामयीक राजनीतिक परिस्थतिकाबारे छलफल गर्दे दलको तर्फबाट राष्ट्रियसभामा एकतावद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको उल्लेख छ ।
५९ सदस्यिय राष्ट्रियसभामा कांग्रेस सबै भन्दा ठूलो दल हो, कांग्रेसका २४ सांसद छन् ।
प्रेस नोटमा भनिएको छ :
१. नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको तर्फबाट मिति २०८२ माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नवनिर्वाचित माननीय सदस्यहरुलाई स्वागत गरियो ।
देशको समसामयीक राजनीतिक परिस्थितिकाबारे छलफल गरियो । आगामी दिनमा जनताको भावना अनुरुप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरियो ।