इरान माथि भयानक युद्धको तयारी, अमेरिका निर्णायक आक्रमणको पक्षमा
काठमाडौं, २६ फागुन ।
अमेरिकी रक्षा सचिव पिट हेग्सेथले इरानमाथिको अमेरिकी हमलाहरूको सबैभन्दा तीव्र र आक्रामक दिन हुने चेतावनी दिएका छन् । पेन्टागनको पत्रकार सम्मेलनमा हेग्सेथले भने ‘सबैभन्दा धेरै लडाकुहरू, सबैभन्दा धेरै बमवर्षकहरू, सबैभन्दा धेरै हमलाहरूबाट आक्रामण हुने छ ।’
हेग्सेथले युद्ध सुरु भएको ११ औ दिनमा हुने आक्रामण निर्णायक हुने बताए । इरानले युद्ध सुरु भएदेखि २४ घण्टाको अवधिमा सबैभन्दा कम संख्यामा मिसाइलहरू प्रहार गरेको छ । इरानले हिजोमात्र दिंवगत धार्मिक नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीलाई उनको उत्तराधिकारीको रूपमा छनोट गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भएको परिवर्तनबाट आफू खुसी हुन नसकेको प्रतिक्रिया दिदैं थप सैन्य आक्रमणको संकेत गरेका थिए ।
एक शीर्ष इरानी सुरक्षा अधिकारीले सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पलाई चेतावनी दिदै भनेको छन् ‘सावधान रहनुहोस्, ताकि तपाईं समाप्त हुनुहुन्छ ।’
अमेरिका इजरायले ११ दिन अघि इरान माथि आक्रमण गरेर धार्मिक नेता आयोतोल्हा खुमेनीको हत्या गरेपछि इरानले अमेरिकी एलाइन्सका अरब राष्ट्रहरुमा आक्रमण बढाएको र लगातार पेट्रोलियको मूल्य बढी रहेको अवस्था छ ।
यसैबीच, बेलायतले पूर्वी क्षेत्रमा मद्दत गर्न आवश्यक परेमा नौसेना जहाज, आरएफए लाइम बे तयार गरिरहेको छ।
तस्बिर : बिबिसीबाट
