भत्कियो नेमकिपा किल्ला : रास्वपाका रुकेश रन्जित निर्वाचित
पार्टी अध्यक्ष बिजुक्छेले ५ पटक र प्रेम सुवालले २ पटक जितेको झेत्रमा सुस्तायो मादलको ताल, गुन्जियो घण्टीको टङ्गटङ्ग।
काठमाडौ, २४ फागुन ।
नेपालको राजनीतिमा लामो सयमदेखी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अमेद्य किल्लाकोरुपमा रहेको भक्तपुर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का रुकेश रुन्जित निर्वाचित भएका छन् । जनआन्दोलन २०४८ पछिका प्रत्येक निर्वाचनमा मादल चुनाव चिन्हका उमेदवारहरुलाई निर्वाचित गराउँदै आएको भक्तपुर १ बाट यसपटक मादल पराजित बनेको छ ।
रास्वपाका रुकेशले ३३ हजार ४ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धि नेमकिपाका प्रेम सुवाल २८ हजार १ सय ४७ मतका साथ दोश्रो स्थानमा झरेका छन् ।तेश्रो स्थानमा नेपाली कांग्रेसका किरण न्यौपाने ४ हजार २ सय ८२ मत पाएका छन् भने चौथो स्थानमा एमालेका सोमप्रसाद मिश्र ३ हजार ७ सय २१ मत पाएका छन् । राप्रपाका भरतबहादुर खड्काले २ हजार ४ सय ४२ मत पाएका छन् ।
नेमकिपाका संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेले लगातार ५ वटा ससदीय निर्वाचन विजयी भएका थिए । नेमकिपामा प्रेम सुबाल अघिल्ला २ वटा निर्वाचनमा भारी मतका साथ विजयी हुँर्दै आएको भक्तपुर १ बाट रुकेश रन्जितले नेमकिपाको एकल बर्चस्व भत्काएका छन् । २०४६को राजनीतिक परिवर्तन पछिका हरेक निर्वाचनमा नेमकिपाका लागि सुरक्षित क्षेत्र मानिएको भक्तपुर १ यसबाट नेपकिपाबाट खोसिएको छ । पार्टी अध्यक्ष बिजुक्छेले ५ पटक र प्रेम सुवाले २ पटक जितेको झेत्रमा सुस्तायो मादलको ताल, गुन्जियो घण्टीको टङ्गटङ्ग।
भक्तपुर क्षेत्रं न. १ मा भक्तपुर नगरपालिका र चाँगनारायण नगरपालिका पर्दछन् । भक्तपुर नगरपालिकामा नेमकिपाको एकल बर्चस्व कायम छ, २०४८ देखि । यता, चाँगुनारायण नगरपालिकामा कांग्रेसको नेतृत्व छ ।
रुकेश व्यवसायीक पृष्ठभूमिका व्यक्ति हुन् । उनी मेडिकल व्यवसायी हुन् । रास्वपाको भक्तपुर सचिवको जिम्मेवारीमा रहेका उनी भक्तपुर उधोग वाणिज्य संघका पनि सचिव हुन् ।
