पञ्चाङ्ग,ग्रहगोचर,आज चन्द्रग्रहण
आज २०८२ साल फागुन १९ गते मंगलबार । फागुन शुल्क पूर्णिमा । सन् २०२६ मार्च ३ । नेपाल संवत ११४६ । शुल्क पक्ष । उत्तरायण, शिशिर ऋृतु । तराई, मधेशमा फागु ।
आज फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । यो ग्रहण विशेष किसिमको रहने छ किनभने चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको छ ।
खगोलविदहरुका अनुसार चन्द्रग्रहण काठमाडौँमा साँझ ६ बजेर ४ बजे चन्द्रमाको उदय हुने छ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाले ढाकिएको हुने छ । यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म मात्र स्पष्ट रूपमा देख्न सकिने छ । साँझ ७बजेर४ बजेपछि चन्द्रमा बिस्तारै पृथ्वीको मुख्य छायाबाट बाहिर निस्कने छ ।चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता पर्दैन । सूर्यग्रहण जस्तो यसले आँखालाई असर नगर्ने हुनाले नाङ्गो आँखाले खुला ठाउँबाट यसलाई स्पष्ट र सुरक्षित रूपमा हेर्न सकिन्छ ।
सूर्य उदयः ६ः२९ सूर्य अस्तः १८ः०५
चन्द : सिंह राशी
तिथिः पूर्णिमा १७ः०१ पछि प्रतिपदा
नक्षत्रः मघा ७ः३६ पूर्वफाल्गुनी
योगः सुकर्मा १०ः४३ धृति पछि
करणः वव १७: ०१ पछि वालव
ब्रह्म मुहुर्त ४ः४८—५ः३७ बजेसम्म
अभिजित मुहुर्त ः ११ः५३—१२ः३९
राहु कालः ३ः११—४ः३८ सम्म
ग्रहगोचर
सूर्यः कुम्भ राशी शतभिषा नक्षत्र
चन्द्रः कर्क राशी अश्लेषा नक्षत्र
मंगलः सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
वुधः कुम्भ राशी पूर्वभाद्रपद नक्षत्र
बृहस्पती : मिथुन राशी पुनर्वसु नक्षत्र
शुक्रः मीन राशी पूर्वभाद्रपद नक्षत्र
शनिः मीन राशी उत्तरभाद्रपद नक्षत्र
राहुः कुभ्म राशी शतभिषा नक्षत्र
केतुः सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
तस्बिर : जलविनायक मन्दिर, चोभार, काठमाडौं ।
