कांग्रेसलाई तपाई पेशाकर्मीहरुको मद्त चाहिएको छ, यो प्रक्रियालाई पुरा गर्नका निम्ति । यो प्रक्रियालाई नछोड्नुस् । पहलकदमी लिनुहोस् , भावनामा चुनाव हुन नदिनुहोस् । यो चुनावलाई एजेण्डामा तान्नुहोस् । इस्युमा लिएर आउनुहोस् बहसलाई ।

राष्ट्रिय राजनीतिमा अहिले तीनवटा धार, भगालाहाहरु प्रवाहीत भैरहेका छन् । एउटा, उत्तेजनापूर्ण धार छ, अर्को यथास्थितिवाद छ, मानौं नेपालमा केही, कुनै हलचल नै भएको छैन,कुनै परिवर्तन भै भएको छैन । एउटा अर्को एउटा धार छ । दुई अतिवादी धारबीचबाट बगिरहेको एउटा धार छ । दुईटै इस्ट्रिम भन्दा टाढाबाट कांग्रेसले एउटा सोम्यताको, रिफर्मको धार लिएर बगेको छ —नयाँ युग, नयाँ चेतना र देशलाई एकिकृत गर्ने धार हो त्यो ।

पानी ढलोबाट निस्किएका यी सबै धारहरु अन्ततः एउटा राष्ट्रिय मुलधारमा, राष्ट्रिय प्रवाहमा बगिरहेका छन् । समाज विभाजित छ, आर्थिक विकासमा हामीले धेरै महत्वपूर्ण वर्षहरु गुमाइरहेको अवस्थामा देशलाई समृद्धिको यात्रा तर्फ लैजाने धारको नेतृत्व नेपाली कांग्रेसका सभापतिले गर्नुभएको छ ।
आज म तपाई पेशाकर्मीहरुको बीचमा छु । म मा दुईटा लोभ थियो । एउटा लोभ तपाई पेशाकर्मीहरु जो विषयमा विशेषज्ञ व्यक्तित्वहरु हुनुहुन्छ । अहिले तपाईहरुको सहयोगको सबै भन्दा बढी खाँचो छ । यद्धपी पेशाकर्मी विज्ञहरुको खाँचो देशलाई जहिले पनि पर्दछ ।तर, अहिले एउटा युगान्तकारी परिवर्तनको मोडमा उभिएको छ देश । देश एउटा अत्यन्त संवेदनशील मोडमा उभिएको बेलामा विषय व्यक्तिहरुको खाँचो अहिललसधैको जस्तो भन्दा बढी चाहिएको छ । मलाई यो लोभ थियो, तपाईहरुसँग अन्र्तक्रिया गर्ने । तपाईहरुसँग मेरो अनुभव सेयर गर्न चाहन्थे ।

मेरा आशाहरु, मेरा निराशाहरु तपाईहरुसँग सेयर गर्न चाहन्थे । म मेरो सभापतिलाई पनि सम्बोधन गर्न चाहन्थे । यो मौका हो सभापति जी, यो मौकाको उपयोग गर्नोस् । नेपालको चेतना बगिराखेको छ । वास्तवमा सारा विश्व बदलिरहेको छ यतिवेला । वास्तवमा भन्ने हो एकल नेतृत्वले सारा संसार खाइसकेको छ । अमेरिकादेखी रुससम्म । सबैंभन्दा पुरानो लोकतन्त्रदेखी सबै भन्दा ठूलो लोकतन्त्रसम्म, मोदीजीको हिन्दूस्तानसम्म । संसारको सबै भन्दा ठूलो जनसंख्या भएको देश सिजिनपिङ्गको एकल नेतृत्वको वर्चस्वको खोजिमा छ ।

दुईटा बलिया हुँदै गएका देशहरुबीच नेपाल मतभेद, दीशाविहीनताको अवस्थामा र आफ्नो सामर्थ्य एकिकृत गर्न नसक्नेगरी धेरै दिनसम्म बस्नसक्छ जस्तो मलाई लाग्दैन । त्यसैले राष्ट्रिय एकताका निम्ति, राष्ट्रको अस्मिताका निम्ति चिन्ता गर्ने पार्टीहरुले,नेताहरुले, दलहरुले बडो संवेदनशील भएर सोच्नुपर्ने परिस्थिति छ ।

देश र समाज विभाजित बन्दैछन् । टकरावहरु, टकराहटहरु, नयाँ ढंगका द्धन्दहरु सृजना हुने अवस्थाको निर्माण भैरहेको छ । हिन्दुस्तान र चिनको बीचमा बसेको नेपाल, हामिले हाम्रा मतभेदहरु, हाम्रा सामाजिक विभाजनहरु, हाम्रा वैचारिक भिन्नताहरुलाई बन्दोवस्त गर्न सकेनौं भने, म्यानेज गर्न सकेनौं भने ? चिन पनि बलियो भन्दा बलियो हुँदै जादैं छ, सैन्य बलमा, आर्थिक विकास र कूटनीतिक सम्बन्ध विस्तारका हिसावले । हिन्दुस्थान बलियो बन्दैं जादैंछ, सैंन्य बलले टेक्नोलोजीले, अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धका कारणले । दुईटा बलिया हुँदै गएका देशहरुबीच नेपाल मतभेद, दीशाविहीनताको अवस्थामा र आफ्नो सामर्थ्य एकिकृत गर्न नसक्नेगरी धेरै दिनसम्म बस्नसक्छ जस्तो मलाई लाग्दैन । त्यसैले राष्ट्रिय एकताका निम्ति, राष्ट्रको अस्मिताका निम्ति चिन्ता गर्ने पार्टीहरुले,नेताहरुले, दलहरुले बडो संवेदनशील भएर सोच्नुपर्ने परिस्थिति छ ।

यस्तो अवस्थाबीच फागुन २१ गतेको चुनाव छ । चुनाव अहिलेको राजनीतिक विकासको प्रक्रिया बन्न गइरहेको छ । तीन तिरबाट सृजित भएर आउँदै गरेका धारहरु अन्तत राष्ट्रिय राजनीतिक प्रबाहमा रुपान्तरण हुन्छन्, तिनलाई एउटा प्रवाहमा एकत्रित गर्नुपर्दछ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । यो  ऐतिहासिक जिम्मेवारी कांग्रेसको काँधमा छ । कांग्रेसलाई भाग्ने सुबिधा छैन । जतिसुकै प्रहार आफू माथि होस्, जतिसुकै आक्रमण कांग्रेस माथि होस्, कांग्रेसले यस्ता आक्रमण उसको झण्डैं एक शताब्दीको यात्रामा धेरै ब्यहोरेको छ । राणा शासनकाल, राजाका शासनकाल, माओवादी द्धन्द र अहिलेको अस्थिरता । कांग्रेसले इतिहासदेखी भोग्दै आएका आक्रमण र परिस्थितिहरु हुन् । तर, काग्रेससँग आक्रमणहरु विरुद्ध लडने यसको वंशानुगतगुण जस्तो ऐतिहासिक दायित्व हो । कांग्रेसले नै नयाँ युगको, नयाँ पुस्ताको, नयाँ चेतनाको, देशलाई परिवर्तन गर्ने दबाबको दायित्वलाई बुझेको छ ।
विपि कोइराला र गणेशमानजी कांग्रेस निर्माण गर्दा ३२ वर्ष हाराहारीको हुनुहुन्थ्यो । आज ४९ वर्षको कांग्रेस सभापतिले नेपाली कांग्रेसलाई नेतृत्व गरिराख्दा मुलक विश्वस्त हुनुपर्ने बेला हो भन्ने लाग्दछ । किन भने कांग्रेसको इतिहासमा ३२ वर्ष हाराहारीका विपि र गणेशमानले कांग्रेस निर्माण गरेका हुन । अझ कृष्ण प्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला त त्यो भन्दा १० वर्ष कम उमेरदेखी लागेका हुन् । त्यसबेलाको जेनजि पुस्ताले बनाएको हो कांग्रेस । कांग्रेसले आफ्नो इतिहासमा भएको, अतितमा भएको चेतनाको बोधलाई कहिल्यै भुल्न मिल्दैन । नयाँ उत्साहकासाथ अहिले देशमा भैरहको बिद्रोहलाई सामना गर्ने भूमिका कांग्रेसले बहन गर्नसक्नुपर्दछ ।

अहिले को यो चुनावमा मुद्धामा आधारित भएर चुनाव भैरहेको छैन । भावुकतामा बगेर देशको चुनाव भैरहेको छ । यहाँ राजनीतिक बहस भैरहेको छैन । अत्यधिक उत्तेजनामा, अत्यधिक आक्रोसमा, अत्यधिक धृणा ओगलेर, एउटा व्यक्तिका प्रति विष वमन गर्ने, अर्को तर्फ अर्को व्यक्तिको देवत्वकरण गर्ने, देवता बनाउने ढंगले चुनाव भैरहेको छ । देशका समस्याहरु एकातिर छन् । तर, चुनावको मुड र चुनावको विषय भने अर्को बाटोमा गइरहेको छ ।

हाम्रो सभापतिले कांग्रेस बदलियौं, देश बदल्छौं भनिरहेको म सुन्दछु । आज यो विषयमा पनि प्रवेश गर्न चाहन्छु । विस्तारमा व्याख्या गर्ने अनुमति चाहन्छु । कांग्रेस अहिलेको परिवर्तनको, नयाँ युगको, नयाँ चेतनाको ध्वजा बोक्नका निम्ति यो जिम्मेवारी वहन गर्नुपर्दछ भन्दा के कांग्रेस साच्चै बदलिएको हो त ? भन्ने प्रश्न आज मतदाताहरु माझ, समाजको माझमा लिएर जान चाहन्छ । आज यो सिंगो देशमा यो बहस आवश्यक छ । अहिले को यो चुनावमा मुद्धामा आधारित भएर चुनाव भैरहेको छैन । भावुकतामा बगेर देशको चुनाव भैरहेको छ । यहाँ राजनीतिक बहस भैरहेको छैन । अत्यधिक उत्तेजनामा, अत्यधिक आक्रोसमा, अत्यधिक धृणा ओगलेर, एउटा व्यक्तिका प्रति विष वमन गर्ने, अर्को तर्फ अर्को व्यक्तिको देवत्वकरण गर्ने, देवता बनाउने ढंगले चुनाव भैरहेको छ । देशका समस्याहरु एकातिर छन् । तर, चुनावको मुड र चुनावको विषय भने अर्को बाटोमा गइरहेको छ । देश घाइते भएर लडेको छ । सुशासनको माग, भष्ट्राचारको दलदलमा देश फसेको छ भन्ने चिन्ता र आम जनताबीच दलदलमा फसेको देशलाई कसरी निकाल्ने बहस भैरहेको छैन । आर्थिक दृष्टिकोणले देश संकटको भूमरिमा फस्दैं गैरहेको छ । सरकारसँग पैसा छ, सरकारसँग पूँजी छ तर त्यसलाई खर्च गर्नसक्ने सामथ्र्य कमजोर हुँदै गएको छ । हाम्रो बैंकिङ्ग क्षेत्रमा अर्बोको रकम थुप्रिएर बसेको छ । तर, यो रकम कृषिलाई आधुनिकीकरण गर्न, कृषिलाई रुपान्तरण गर्नका निम्ति, व्यापारमा लगानी गर्नका निम्ति, नेपालको संभावना भएको उर्जाको क्षेत्रमा, पूर्वाधार निर्माणका निम्ति, पर्यटन क्षेत्रको आमुल परिवर्तनका निम्ति, संचारको प्रविधि र टेक्नोलोजीमा खर्च हुन सकिरहेको छैन । किन, त्यो आत्मविश्वास छैन, घाइते भएर लडेको देशलाई उठाउने काम कांग्रेसले गर्नसक्छद ।
कांग्रेसले गरेको नीति, निर्माण, यसले गरेका आन्दोलन, यसको पृष्ठभूमिबाट सत्ता कांग्रेसका लागि गौण कुरा हो । देशको सामर्थ्य,देशको संभावना,देशको भविष्य,देशको एकता र सबैलाई एक बनाएर राख्ने कुरा कांग्रेसका लागि महत्वपूर्ण हो । यो कुरालाई अनुभुत गरेर कांग्रेस बद्लिनुपर्ने हो । यो कुराको निम्ति कांग्रेस बदलिनुपर्ने हो । हो, कांग्रेस बदलिएको छ । कांग्रेस कुनै एकान्तमा, गुपचुप कुनै कोठामा व्यक्ति फेरर, नेता बदलिएर बदलिएको होइन । कांग्रेसले हल्ला गरेर, कांग्रेसका तीन पुस्ताबीच एक किसिमको द्धन्द भएर, विचारहरुको आदान प्रदान गरेर विशेष महाधिवेशनको माध्यमबाट कांग्रेसको नेतृत्व बदलिएको हो । हल्लाखल्ला गरेर सारा देशले सुन्ने गरि, मेचीदेखी महाकालीसम्मका कांग्रेस काठमाडौंमा जम्मा भएर नेतृत्व बदलेका हुन् । देशभरका कांग्रेसजन र नेपाली जनतालाई साक्षी राखेर बदलिएको हो,कांग्रेस ।
कांग्रेसमा गगन थापामात्र उदाएको होइन सभापतिमा । एउटा युवापुस्ताको सिंगो पङ्ती आएको छ । गगन थापा देखि सचिन तिमल्सिनासम्म, विश्वप्रकाश, गुरु घिमिरे, प्रदीप पौडेलजस्ताको एउटा पङ्ती राष्ट्रिय राजनीतिमा आएको छ । यो पूँजी हो, नेपाली राजनीतिको । युवाहरुको जर्बजस्त हस्तक्षेप र प्रवेश नेपाली राजनीतिको पूँजी हो । यो प्रक्रिया पुरा भएको छैन । म यो वौद्धिक, पेशाकर्मी समाजलाई आग्रह गर्न चाहन्छ, यो प्रक्रियालाई पुरा गर्न । आज कांग्रेसलाई तपाई पेशाकर्मीहरुको मद्त चाहिएको छ, यो प्रक्रियालाई पुरा गर्नका निम्ति । यो प्रक्रियालाई नछोड्नुस् । पहलकदमी लिनुहोस, भावनामा चुनाव हुन नदिनुहोस् । यो चुनावलाई एजेण्डामा तान्नुहोस् । इस्युमा लिएर आउनुहोस् बहसलाई ।

(काठमाडौं क्षेत्रन ४ मा बौद्धिक पेशाकर्मी अभियान परिषद( आइप्याक)ले आयोजना ‘राजनीति, सम्बृद्धि र पेशाकर्मी’ विषयक छलफल कार्यक्रमका प्रमुख वत्ता नेपालमा आर्थिक उदारीकरणको जग बसाउने जनआन्दोलन पछि बनेको कांग्रेस सरकारका अर्थमन्त्री महेश आचार्यको सम्बोधनको सम्पादीत अंश, कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा तथा काठमाडौं ४ का कांग्रेस उमेदवार सचिन तिमल्सिनाको पनि सहभागिता थियो ।’
प्रस्तुती : विश्वमणि पोखरेल