कुशासन हटाउने गगनको प्रतिज्ञा
प्रतिज्ञापत्रबारे भोली काठमाडौंमा विशेष कार्यक्रम : हाम्रो प्रतिज्ञा(तपाईको प्रश्न
काठमाडौं, ६ माघ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांगे्रसले देशको नेतृत्व लिएर कुसाशन हटाउने प्रतिज्ञा गरेका छन् । जनकपुरको तिरूहुतिया गाछीमा बुधबार आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै थापाले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको बताए । उनले कुरा हैन काम काम गर्न आएको प्रतिवद्धता जनाएका छन् ।
सभापति थापाले भने, ‘मधेशबाट कांग्रेसले देश बदल्ने सहास लिएको छ । आट लिएको छ। अब मधेशले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ ।’उनले मधेशले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परिवर्तन गर्नु पर्ने बताए। उनले मधेशलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेश झरेको बताए ।
उनले भने, ‘‘मधेशको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेशका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेशको शिक्षा, स्वास्थ्य र विज्ञानको अवस्था जरजर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावयरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेश आएको हुँ।’

उनले मधेशले सिंगो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेको बताए। उनले मधेशका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने बताए । उनले भने, ‘अब मधेश वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दुतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ।’
थापाले मधेशको वित्तीय संरचना खल्बलिएकोले यहाँका सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेश आएको बताए ।‘उनले भने, ‘सहकारी ठगहरूको विगबिगी बढेको छ । सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेश झरेको छु। गगनले बैग्लै वित्तीय व्यवस्था गरेर मधेशका समस्याहरुको समाधान गर्ने बताए ।
सभापति थापाले मधेशका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकाडेमी बनाउने रहेको समेत बताएका छन । उनले भने, ‘मैले ‘यहाँका युवाहरूको क्रिकेटको सपना पुरा गर्न चाहन्छु ।’ उनले आफू मधेशको बेटा बन्न आएको भन्दै दुर्गानन्दको सहास, कुशेश्वरको रगतको सम्मान र महेन्द्रनिधिको जीवनशैली रहेकोले यहाँ आफू मधेशमा आएको बताए ।
कांग्रेस पखालिएर जनविश्वास लिन मधेश आएको सभापति थापाले बताए ।‘अब हामी मत मात्रै होइन विश्वास र भरोसा लिन आएक छौं । देशलाई सँगसँगै हिडाउन र परिवर्तन देख्न आएको हुँ । म सबै युवाहरूको सपना पूरा गर्न र युवाहरूको साँझा पार्टी बनाउन आएको हुँ।’
हाम्रो प्रतिज्ञा, तपाईको प्रश्न
जनकपुरधाम तिरहुतियागाछीको वृहद सभामा सार्वजनिक भएको चुनावी प्रतिज्ञापत्रबारे कांग्रेसले बिहिबार काठमाडौंमा विशेष कार्यक्रमबीच प्रतिज्ञापत्रबारे उठेका प्रश्नहरुको उत्तर दिने भएको छ ।
बिहिबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा(तपाईको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने भएका छन्। सभापति थापाले ठूलो एलइडि स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए ।
उनले भने, ‘‘नेपाली कांग्रेसले बुधबार मधेशको राजधानी जनकपुरबाट सार्वजनीक गरेको प्रतिज्ञापत्रका बारेमा बिहीबार काठमाडौंमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खु्ला प्रश्नोत्तर कार्यक्रम राखिएको छ।
प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए।
कार्यक्रम स्थल राष्ट्रिय सभा गृहमा सहभागीहरूबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ ।प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्नहरू गर्न र जिज्ञाशा राख्न पाउने छन् । नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको हो।
नोट : समाचार, कांग्रेस प्रचार समितिले तयार गरेको सामाग्रिमा आधारित छ
