जनकपुरधाम ६ माघ।

नेपाली कांग्रेसले जनकपुरधाम, तिरहुतियागाछीमा आयोजनाको गरेको वह्त सभामा ठूलो संख्यामा विभिन्न पार्टीहरुबाट कांग्रेसमा आएको घोषणा गरियो । विभिन्न राजनीतिक पार्टीका जिम्मेवारीमा रहेका नेताहरुलाई कांग्रेस सभापति गगनकुमार थापाले निधारमा रातो टिका र गलामा कांग्रेस चुनाव चिन्ह रुख अंकित गम्छा ओढाउँदै स्वागत गरे ।

नयाँ प्रवेश गर्नेहरुमा मध्ये एक जना महिला राजनीतिक कर्मी पनि थिइन — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को मधेश प्रदेशको संस्थापक सभापति ममता शर्मा । शर्मालाई नेपाली कांग्रेसले आफ्ना धारणा राख्ने समय दिएको थियो । छोटो समयमा ममताले धेरै विषय उद्घातित गरिन ।
पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन् । उनले प्रतिज्ञा सभामा बोल्दै उनले भनिन्, ‘रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएकोले मैले उक्त पार्टी परित्याग गरी जेन(जीको भावना बोक्ने र सुशासनको काममा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ।’

उनले कांग्रेस ८० वर्षको विरासत बोकेको मात्रै नभइ मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएकाले हामी सबैले मधेशी जनताले साथ दिनुपर्ने बताइन्।

उनले हरेक पटकको चुनावमा मधेशले नेताहरूलाई भोट दिएको तर नेताहरूले मधेसलाई चोटैचोट दिएको हुनाले यसपटक बदलिएको कांग्रेसलाई भोट दिन पनि अपील गरिन्। मैथिली भाषामा बोल्दै उनले भनिन् ‘सब दाइब मधेससक जनतासब भोट नेतासबके देने है। मगर सब दिनसे नेतासब मधेसक जनताके लुइट रहल है। यहाँ सब यी दाइब मधेसमे निक उम्मेदवार छानु ‘कांग्रेसके उम्मेदवारके पहचानू।’

ममता शर्माले अहिलेको गगन नेतृत्वको कांग्रेस नयाँ रास्वपा भएको तर वैकल्पिक भनिएका रास्वपा भने पुरानो कांग्रेसको शैलीमा गएको टिप्पणी गरिन्।उनले भनिन्, ‘अहिले कांग्रेस गगन दाइको नेतृत्वमा बदलिएर नयाँ रास्वपा जस्तो बनेको छ।तर आफूलाई वैकल्पिक भनिएका रास्वपाका नेताहरू दागैदाग भएका,आर्थिक चलखेलमा मुछिएका,मुद्दैमुद्दामा लागेका छन्। सब पुराना कांग्रेस जस्ता छन् ।’

ममताले अब आफैँ मधेसको नारीले सच र देशलाई अगाडि बढाउने पार्टीमा लागेको भन्दै सबैले कांग्रेस उम्मेदवारहरूलाई भोट दिन अपील गरिन्। मधेसबाट खाडीमा हरेक घरबाट एक जना पुरुष वैदेशिक रोजगारीमा गएकाले यहाँ महिला नै भोटमा निर्णायक भूमिका रहेको उनले बताइन् । साथै उनले महिलाको सम्मान, त्याग र बलिदानलाई बुझ्ने पार्टी कांग्रेस भएकाले यस पटककको मत सोचेर गाछीमै हाल्न अनुरोध गरिन्।

नोट: कांग्रेस प्रचार समितिले तयार पारेको यो सामाग्रिमा सामान्य सम्पादन गरिएको हो ।