गोरखा २९ माघ ।
नेपाली कांग्रेसको तर्फबाट गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ले सांसद हुँदा पाउने सेवा सुविधा जनताको सेवामा लगाउने घोषणा गरेका छन् । चुनाव प्रचारप्रसारका क्रममा गृहजिल्ला गोरखाको क्षेत्र नं २ मा रहेका उम्मेदवार दवाडीले आफूले पाउने सेवा सुविधा जिल्लाकै गरिब, विपन्न नागरिकको सेवामा लगाउने घोषणा गरेका हुन् ।
यसअघि विस २०७४ सालमा गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट गण्डकी प्रदेशको सांसद निर्वाचित हुँदा दवाडीले पाउने सबै तलब तथा सेवा सुविधा जनताको सेवामा लगाएका थिए । “मैले गोरखा क्षेत्र नं २ का जनताको मर्म र भावना बुझेको छु, मैले पाउनुपर्ने सबै सेवा सुविधा जनताकै सेवामा लगाउँछु,’– दवाडीले भने ।प्रतिनिधिसभा सदस्यका उम्मेदवार दवाडीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टचार हुन नदिन प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले गोरखाको विकासका लागि निती बनाएरै अगाडि बढ्ने बताए । दवाडीले आफ्नो पार्टी सरकारमा रहेको बेलामा सुरु गरिएको स्वास्थ्य विमाको कार्यक्रमलाई थप प्रभावकारी बनाएर अगाडि बढ्ने बताएका छन् ।