काठमाडौं, २४ माघ ।
नेपाली कांग्रेसले निर्वाचन परिचालन निर्देशिका, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धि छलफल गर्ने केन्द्रीय कार्यसमितिको जुम बैठक बोलाएको छ ।
माघ २५ गते आइतबार बिहान ८ः३० बजे कार्यसम्मादन समितिको जुम बैंठक बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरु सहभागि हुने उल्लेख छ । समितिका अधिकाश सदस्य चुनाव प्रचारको शिलशिलामा काठमाडौं बाहिर रहेकोले जुम बैंठक आयोजना गरिएका् हो ।
बैठकको एजेण्डाहरू
१.नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका— ०८२
२.नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२
३.केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।