मतपत्र छपाईबारे प्रधानमन्त्रीको अवलोकन
काठमाडौं, २२ माघ ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छन् ।
प्रधानमन्त्री कार्कीले बिहिबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ ।
प्रधानमन्त्रीको साथमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारीको सहभागिता थियो।
तस्बिरः केशव थापा, प्रधानमन्त्रीको सचिवालय
