काठमाडौं, २२ माघ ।
नेपाली कांग्रेस भक्तपुर २ का उम्मेदवार कविर राणाले आफ्नो कोही कसैसँग प्रतिस्पर्धा नभएको बताएका छन् । बिहिबार, प्रेस युनियन भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका प्रश्नहरुको उत्तर दिने क्रममा राणाले भने‘कसैसँग प्रतिस्पर्धा होइन, जनता जनार्दन हुन, हामी सेवक हौं,जनताले हामीलाई प्रत्याउँछन् ।’
एउटा प्रतिनिधिसभा सांसदको मुख्य काम मुलुकका लागि आवश्यक ऐन, कानून बनाउने हो, जनताको सेवकको रुपमा क्रियाशील हुने हो भन्दै राणाले भने ‘संसदमा ३०० वटा विधेयक रोकिएका छन्, ति विधेयकका काम गर्न बाँकी छ । राम्रा कानुन बनाउने काममा मेरो योग्यता र अनुभव प्रयोग गर्ने छु ।’
भक्तपुर २ मा उम्मेदवारहरुबीच आफू राजनीतिक हिसावले सबै भन्दा परिपक्क भएको, लोकतान्त्रिक राजनीतिक आन्दोलनहरुमा योगदान गरेकोले बेलाबेलामा दुःख पाएको र शैक्षिक आधारमा पनि आफू अगाडि रहेको राणाले बताए । किशोरावस्थादेखी कांग्रेसको राजनीतिमा क्रियाशील रहेको बताउँदै राणाले भने ‘ मैले जेल नेल, कुटाई सबै भोगेको छु ।’
पत्रकार सम्मेलनमा ‘भक्तपुर क्षेत्रनं २ प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारको तर्फबाट प्रतिवद्धता’ वितरण गरिएको थियो । प्रतिवद्धतापत्रसँग सम्बन्धित प्रश्नहरुको उत्तर दिदै राणाले हुनुमन्ते, मनोहरा करोडरको थाती रहेका कामहरुलाई जग्गाधनीलाई उचित मुआब्जा दिएर भएपछि सम्पन्न गराउन योगदान गर्ने, व्यवस्थित शहरीकरण, रोजगार मुलक व्यवसायिक, प्राविधिक शिक्षाका लागि भूमिका खेल्ने बताए । शुद्ध खानेपनीका लागि निर्वाचन क्षेत्रकै आशापुरी, नैचाल खोला लगायतका संभावित पानी आपुर्तिका श्रोतहरुको उपयोग गर्ने बताए ।
कला, सस्कती, सम्पदा,संरक्षण, पर्यटन पूर्वाधार, धार्मिक पर्यटनका क्षेत्रमा काम गर्ने बताउँदै राणाले मध्यपुर नगरपालिकाको ठिमी कला, सस्कृति जात्रैजात्रा, पोखरीहरुले सम्पन्न रहेको चर्चा गर्दे भक्तपुर आउँने पर्यटकलाई मध्यपुर पनि भ्रमणमा ल्याउने योजनामा आफू लागि पर्ने बताए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस एक्क ढिक्का रहेको कांग्रेस भक्तपुृर जिल्ला सभापति दुर्लभ थापाले दाबि गरे । थापाले भने ‘हामी एकतावद्ध हुनुनपर्ने कारण नै छैनन् ।’ विगतका आफसमा प्रतिस्पर्धामा रहेका सबै नेताहरु एकै ठाउँमा उभिएको बताउँदै थापाले भने ‘राजनीतिक मूल्य, मान्यता र सिद्धान्तले हामी एकै ठाउँमा छौं, कांग्रेस कुनै हालतमा कमजोर छैन ।’आसन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई प्रत्यक्षमा र नेपाली कांग्रेस पार्टीलाई समानुपातिकमा भोट हाल्ने वातावरण बनिरहेको चर्चा गर्दे थापाले भने ‘काग्रेसले पनि जिल्छ, कविरले पनि जित्छन् ।’
वरिष्ठ पत्रकार एवं भक्तपुर २, चुनाव प्रचार प्रसार समितिको सहसंयोजक हरि अधिकारीले कविर राणा सामान्य उम्मेदवार नभएको धारणा राखे । अधिकारीले राणा किशोरावस्था देखी लोकतान्त्रिक आन्दोलनमा होमिएको राजनीतिक आन्दोलन सँगसँगै पत्रकारिताबाट लोकतन्त्रको रक्षाका लागि निरन्तर लागि परेको बताउँदै भने ‘ कविरको उमेदवारीले भक्तपुर उत्साही भएको छ । भक्तपुर २ सधै लोकतन्त्रको पक्षमा उभिएको क्षेत्र हो ।’
कार्यक्रममा कांग्रेसको समानुपातिक सांसद मदनकृष्ण श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य अष्ट बके, भक्तपुर २ निर्वाचन परिचालन समितिका संयोजक गणेशमान चक्रधर, क्षेत्रिय सभापति भेष बहादुर कार्की,प्रचार प्रसार समितिका संयोजक सुरेन्द्र केसी लगायतका कांग्रेस नेताहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन पत्रकार महासंघ भक्तपुरका पूर्व सल्लाहकार पत्रकार पुष्करराज बुढाथोकीले गरेका थिए । प्रेस युनियन भक्तपुरका सभापति रोशन सिल्पकारको अध्यक्षतामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा उमेदवार कविरको प्रतिपद्धता पत्र वितरण गरिएको थियो ।

प्रतिवद्धता पत्र