काठमाडौं,१८ माघ ।
गायक तथा संगीतकार सानुबाबु महर्जनको एकल स्वरमा सजिएका ५ वटा गीत संग्रहित एल्बम ‘तिम्रो याद’ सावैर्जनिक भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्यापु प्रज्ञा भवनमा भएको समारोहमा गीति संग्रह सार्वजनिक गरेका हुन् । यही समारोहमा नेपाल भाषाको ८ वटा गीतहरू संग्रहित ‘नुगःया मिखां’ पनि सार्वजनिक भएको हो ।
सानुबाबु महर्जनको दोश्रो नेपाली भाषाको गीतिसंग्रह — तिम्रो यादमा एल्बममा रहेका गितहरु ।

१.तिम्रो मात मीठो
शब्दः दिनेश अधिकारी,
संगीत राजु सिँह,
संगीत संयोजन फिरोज बज्राचार्य
२.अनायासै तिम्रो याद शब्द
डब्बु क्षेत्री,
संगीत, संयोजन – जुगल डंगोल,
गायन साथ – गायिका नीशा देसार
३.धेरै धेरै माया दिएर
शब्द श्रीपुरुष ढकाल,
संगीत, संयोजन संयोजन भूपेन्द्र रायमाझी,
४.कसैले त रक्सी भन्छन्
शब्द, संगीत – अमरराज शर्मा राजोपाध्याय,
संगीत संयोजन –
जुगल डंगोल
५.यस्तै होकि माया भन्नु
शब्द, संगीत, संगीत सयोजन जुगल डंगोल