रास्वपाको पार्टी डीएनए -पारदर्शिता, जवाफदेहिता, प्राथमिक निर्वाचनको विनाश लगायतका माथि उल्लेखित सबै कुराहरूलाई जोडेर हेर्दा रास्वपाबाट अलग हुने निर्णयमा पुगेको खरालले लेखेका छन्

काठमाडौँ, १६ फागुन।
डा. पुष्पमणि खरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्चामार्फत रास्वपाबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र साह बालेनले लेखेको पत्रको कारणले गर्दा आफू पार्टीबाट बाहिरिने निर्णय गरेको खरालले जनाएका छन् । विभिन्न सञ्चार माध्यममा लामिछाने र बालेनले लेखेको भनिएको पत्र सार्वजनिक भएपछि डा खरालले त्यही मेसो पारेर राजीनामा दिएका हुन् ।

भारतको सुरक्षा, सेना संख्या घटाउने कुरा, हिन्दू धर्मका लागि कुनै स्थान नरहने भनाई ‘सब ठीक हो जाएगा’भन्ने वक्तव्य, जेन(जी आन्दोलको बेला रवि लामिछाने जेलबाट विजय जुलुससहित बाहिरिनु, रास्वपाको पार्टी डीएनए -पारदर्शिता, जवाफदेहिता, प्राथमिक निर्वाचनको विनाश लगायतका माथि उल्लेखित सबै कुराहरूलाई जोडेर हेर्दा रास्वपाबाट अलग हुने निर्णयमा पुगेको खरालले लेखेका छन् ।

अत्यन्त निर्दोष र इमानदार मन भएका मानिसहरूको सधैँ सम्मान गर्ने उनले बताएका छन् । आफूलाई महत्वपूर्ण पाठ सिकाउने सबैप्रति आभार व्यक्त गदै उनले नवलपुर २ र सम्पूर्ण नवलपुरबासीप्रति विशेष धन्यवाद दिएका छन् ।डा. खराल, रास्वपाको स्वास्थ विभागको केन्द्रीय सदस्य थिए ।

रास्वपाले भने प्रचारमा आएको पत्र किर्ते भएको बताउँदै त्यसको खण्डन गरेको छ । पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा  भनेका छन् ‘ सावृजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोकल्पित रहेको हामी स्पष्ट गर्न चाहन्छौं । दुई जिम्मेवार व्यक्तिहरुको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो ।’

फेसबुकमा डा.लेखेका छन्

Monroe Doctrine, भारतको सुरक्षा छाता (Security Umbrella), सेना सङ्ख्या घटाउने कुरा, हिन्दू धर्मका लागि कुनै स्थान नरहने भनाइ, “सब ठिक हो जाएगा” भन्ने वक्तव्य, जेन जी आन्दोलन ताका Rabi Lamichhane जेलबाट विजय जुलुससहित बाहिरिनु, RSP को पार्टी DNA (पारदर्शिता, जवाफदेहिता, प्राथमिक निर्वाचन) को विनाश र अहिले भर्खरै nepalpress.com मा प्रकाशित प्रधानमन्त्री Narendra Modi लाई Rabi Lamichhane Balen Shah द्वारा लेखिएको पत्र…

माथि उल्लेखित सबै कुराहरूलाई जोडेर हेर्दा, म राष्ट्रीय स्वतन्त्र पार्टी बाट अलग हुने निर्णयमा पुगेको छु।म निर्दोष र इमानदार मन भएका मानिसहरूको सधैं सम्मान गर्दछु।

मलाई महत्वपूर्ण पाठ सिकाउने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।

नवलपुर–२ र सम्पूर्ण नवलपुरबासीप्रति विशेष धन्यवाद!

धन्यवाद।

डा. पुष्प मणि खराल

MBBS, MD GP, LLB दोस्रो वर्ष