एकढिक्का कांग्रेसलाई कसैले हराउन सक्तैन : कविर राणा
काठमाडौं,१७ माघ ।
नेपाली कांग्रेस भक्तपुर २ को एक चुनावी कार्यक्रमका वक्ताहरुले कांग्रेसमा एकता, एक्यवद्धता आवश्यकता रहेको औंल्याएका छन् । शनिबार, बालकोट स्थित किङ्गस, ब्यैकेटमा आयोजित ‘बृहत युवा तथा तरुण भेला कार्यक्रम’का वक्ताहरुले निर्वाचनमा कांग्रेसको जित प्राप्त गर्न पार्टीमा एकता हुनुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दे भक्तपुर क्षेत्र नं २ का प्रत्यक्षका उम्मेदवार कबिर राणाले भने ‘कांग्रेस एकढिक्का भयो भने कसैले हराउन सक्तैन । म त काग्रेसको प्रतिक मात्र हो, म मात्र उम्मेदवार होइन, हामी सबै उम्मेदवार हौं, हामिालाई कसैले हराउन सक्तैन ।’ राणाले नेपाली कांग्रेसले मुलुकका ४ वटा लोकतान्त्रिक आन्दोलनहरुको नेतृत्व लिएको र जेनजि आन्दोलनका आवाजहरुलाई सम्बोधन गर्नेगरी कांग्रेसको नेतृत्वमा परिवर्तन भएको चर्चा गर्दे भने ‘ हामिसँग इतिहास पनि छ, वर्तमान पनि छ, पहिला पनि हामि एक नम्बर थियौं, अब पनि एक नम्बर हुन्छौं ।’
कांग्रेस केन्द्रीय सदस्य अष्ट कबेले कांग्रेसको उम्मेदवार राणा १५ वर्षको किशोरावस्थादेखी कांग्रेसको राजनीतिमा सक्रिय रहेको चर्चा गर्दे उनी समाजमा टेस्टेड भैसकेको बताए ।कबेले भने ‘हामि एक भयौं भने कसैले हराउन सक्तैन, नफुटी, नटुटी, नछुटी एक हौं ।’ चुनावी राजनीतिमा नयाँ नयाँ पात्रहरुको आएको संकेत गर्दे कबेले भने ‘ नयाँ नयाँ जोगि आएका छन्, नयाँ जोगिले धेरै खरानी घस्छन्, किन कि उसले म जोगी हुँ भनेर देखाउनु परेको छ ।’

भक्तपुर कांग्रेस सभापति एवं भक्तपुर २ का सासद दुर्लभ थापाले नेपाली कांग्रेसको विशेष अधिवेशनले कांग्रेसमा दोश्रो विपिको जन्म लिएको चर्चा गरे । ‘ पहिलो विशेष अधिवेशनले विपिलाई कांग्रेस सभापति बनाएको थियो, बिपि नेतृत्वको कांग्रेसले दुई तिहाई सिट जितेको थियो ’ थापाले भने ‘दोश्रो विशेष अधिवेशनले दोश्रो विपिलाई काग्रेस सभापति बनाएको छ, अब सतप्रतिश सिट जित्नुपर्दछ ।’
चुनाव जित्न नेपाली कांग्रेस एकतावद्ध हुन आवश्यकता रहको औल्याउँदै थापाले भने ‘अब विशेष अधिवेशन, नियमित अधिवेशन भनेर दायाबाँया नभनौं, चुनावमा लागौं ।’
क्षेत्र नं २ चुनावी अभियानका संजोजक गणेशमान चक्रधरले नेपाली कांग्रेसका प्रत्येक सदस्यले सुरुमा आफ्नै घरबाट काग्रेसमा भोट हाल्ने वातावरण बनाउनुपर्ने आवश्यकता औल्याए । ‘ घरबाट सुरु गरौ, घरबाट टोल, टोलबाट समाज, समाज हुँदै निर्वाचन क्षेत्रमा प्रचार गरौं’ चक्रधरले भने ‘ एक कान दुई कान हुँदै मैदान भनेझै, रुखमा भोट खसाल्ने वातावरण बनाऔं ।’
क्षेत्रिय सभापति भेषबहादुर कार्कीले भक्तपुरले बाहिरबाट आएका टुरिष्ट उम्मेदवारलाई भक्तपुरले नरुचाएको बताउँदै भने ‘ हाम्रो प्रतिस्पर्धा छैन, यहाँ टुरिष्ट उम्मेदवार हारेका छन् ।’कार्कीले भने ‘ भक्तपुर २ बाट नेपाली कांग्रेसले जित्ने हो, नेपाली कांग्रेसलाई जिताउने हो, चारतारे झण्डा फैलाउने हो ।’
नेपाली विद्यार्थी संघका जिल्ला अध्यक्ष प्रदीप थापाले भक्तपुरमामात्र नभएर मुलुकभर कांग्रेसको स्पष्ट बहुमत ल्याउने गरी अभियानमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।
तरुणदलका जिल्ला अध्यक्ष राजु थापाको अध्यक्षतामा बसेको कार्यक्रमको संचालन विनोद श्रेष्ठले गरेका थिए ।
