रास्वपाको वाचापत्र फागुन पहिलो साता
काठमाडौं, १५ माघ ।
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्र धमाधम तयारी भैरहेको पार्टीले जनाएको छ । रास्वपाले चुनावी घोषणापत्रलाई वाचापत्र नाम दिएको छ र त्यसको तयारीमा उपसभापति डा.स्वर्णिम वाग्लेको टिम जुटेको छ । वाग्ले नेतृत्वको कार्यदल डाक्टर नन्दन यादव डाक्टर, अरनिको पाण्डे लगायतको संलग्नता रहेको पार्टीले जनाएको छ । पार्टी प्रवक्ता मनिष झाले पठाएको सूचनामा भनिएको छ भौगोलिक, ब्यबसायिक क्षेत्रगत साथै दलको संयन्त्रबाट सुझाव संकलन पश्चात मस्यौदा बन्दैछ।
वाचापत्र फागुन पहिलो सप्ताह सार्वजनिक गर्ने तयारी भएको सूचनामा जनाइएको छ ।
