निर्वाचनसँग सम्बन्धित समिति गठन गर्न कांग्रेसको परिपत्र
काठमाडौं, १४ माघ ।
नेपाली कांग्रेस केन्द्रीय समितिले प्रदेश, जिल्ला र क्षेत्रिय समितिहरुलाई पत्राचार गर्दे निर्वाचनसँग सम्बन्धित समितिहरु निर्माण गरेर त्यसको जानकारी केन्द्रलाई दिन पत्राचार गरेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ‘फागुन २१ हुने आमनिर्वाचनमा पार्टी पङ्तिलाई व्यवस्थितरुपले परिचालित गर्न आवश्यक विभिन्न समिति कैयन ठाउँहरुमा गठन भैसकेका छन् । जहाँ गठन भएको छैन, त्यहाँ निम्मअनुसार समिति अभिलम्ब गठन गर्न÷ गराउनु हुन आग्रह सहित यो परिपत्र पठाइएको छ ।’
पत्रमा निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मुल समिति, निर्वाचन प्रचार प्रसार मुल समिति लगायतका १२ वटा मुख्य समिति र ति समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन गर्न भनिएको छ ।
समिति गठन गर्नेबारे कांग्रेसको पत्र :



