कांग्रेस उम्मेदवार कविर राणाको प्रचार प्रसार कार्यलय शुभारम्भ
काठमाडौं,११ माघ ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ का कांग्रेस उम्मेदवार कविर राणाको चुनाव प्रचार प्रसार तथा सम्पर्क कार्यालय राधेराधेमा शुभारम्भ भएको छ । आइतबार एक विशेष कार्यक्रमबीच कार्यालय प्रारम्भ भएको औपचारिक घोषणा गरिएको छ ।


कार्यालय शुभारम्भ कार्यक्रममा, कांग्रेस क्षेत्रं नं २ का उम्मेदवार राणा, पूर्व सांसद लेखनाथ न्यौपाने, भक्तपुर कांग्रेस सभापति एवं निवर्तमान सांसद दुर्लभ थापा, पूर्व सभापतिहरु, पार्टीका क्षेत्रिय सभापतिहरु, नगर सभापतिहरु लगायत विभिन्न तहका पदाधिकारी, शुभेच्छुक, भातृ संस्थाका पदाधिकारी, सदस्यहरु लगायत पार्टीका उल्लेख्य नेता,कार्यकर्ताको उपस्थिति थियो ।

