सानेपामा पहिलो बैंठक : गगन थापा कांग्रेसको भावी प्रधानमन्त्री
देउवा समुहको दोहोरो चरित्र, अदालतमा रिट,कांग्रेससँग सिट
काठमाडौं, ९ माघ।
नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपमा बसेका बैंठकले पार्टी सभापति गगन कुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीका उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको हो ।
विशेष अधिवेशनबाट सभापतिमा निर्वाचित थापा, पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सोनपा कार्यालयमा पदवहाली गरेपछि बसेको बैंठकले सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने लगायतका निर्णय गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । बैठकले देहाय बमोजिमका सर्वसम्मत् निर्णय गरेको छ ।’
केन्द्रीय समितिका निर्यण :
(१)२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नु भएको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गर्नु भएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ ।
(२)२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन
गर्ने ।
(३)नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गर्दछ ।
(४)२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।
(५)नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गर्दछ ।
विशेष अधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समिति जो आफैमा विद्रोहबाट जन्मिएको हो । यथास्थिति विरुद्धको विद्रोह गर्दे कांग्रेसका भूईतहका कार्यकर्ताहरुले निर्वाचित गरेको कार्यसमितिलाई काग्रेसको संस्थापन भनिने पूर्वसभापति शेरबहादुर देउवा, पूर्व कार्यवाह सभापति पूर्ण खडका लगायतका केही पूर्व केन्द्रीय सदस्यहरुले स्वीकार गरेका छैनन् । निर्वाचन आयोगले विशेष अधिवेशनलाई वैधापनिक भन्दै गगनलाई वैधानिकता दिएको छ । यता, पूर्वसभापति देउवा समुहभने आयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट दिएको छ, जसको प्रारभ्मिक सुनुवाई भैसकेको छ । एकातिर पार्टीका कार्यकर्ताको निर्णय विरुद्ध अदालति याचना पनि गर्ने र गगन नेतृत्वको कांग्रेससँग प्रतिनिधिभसभा निर्वाचनमा आफ्नो तर्फबाट सिट माग्ने दोहारो चरित्र देउवा समुहदले प्रर्दशन गर्दे आएको छ ।
