कांग्रेस पदस्थापनामा देउवापक्ष सहभागि नहुने,अवरोध नगर्ने
काठमाडौ,९ माघ ।
नेपाली कांग्रेस विशेष अधिवेशनबाट निर्वाचित कार्यसमितिले शुक्रबार पार्टी अफिस सानेपामा पदस्थापना गर्ने, केन्द्रीय समिति बैंठक आयोजना गर्ने कार्यक्रममा संस्थापन भनिने पूर्व सभापति शेरबहदुर देउवा पक्षधर सहभागि नहुने, कुनै अपरोध पनि नगर्ने भएका छन् । पुष ३० गते विशेष महाधिवेशबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले वैधानिकता दिइसकेको छ ।
विशेष अधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय समितिलाई शुक्रबार कांग्रेस विशेष अधिवेशन, निर्वाचन समितिका सभापति अधिवक्ता सिताराम केसीले पदस्थापना गराउने, निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र दिने कार्यक्रम छ । शुक्रबार पदस्थापना, प्रमाणपत्र ग्रहण लगायतका पदस्थापनका काम पछि बस्ने केन्द्रीय समितिले गगन थापालाई कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको समेतको उम्मेदवारको रुपमा घोषणा गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय समितिले आगामि फागुन २१ म हुने निर्वाचनसँग सम्बन्धित केही समितिहरु गठन गर्ने एक केन्द्रीय सदस्यले बताए ।
यता,निर्वाचनमा होमिएको कांग्रेस आन्तरिकरुपमा भने अझै पनि एकमना भैसकेको देखिदैंन । पार्टीका पूर्वसभापति शेरबहादुर देउवा, कार्यवाहक पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खडका लगायत केही पूर्व केन्द्रीय सदस्य शुक्रबारको कार्यक्रमा सहभागि नुहने पूर्व केन्द्रीय सदस्य किरण पौडेल बताउँछन् ।‘ मैले बुझेसम्म स्वागत गर्ने कार्यक्रम हुने कुरा भएन, अवरोध नगर्ने नीति हो ।’
कांग्रेसको देउवापक्ष विशेष अधिवेशनको राजनीतिलाई स्वीकार्ने पक्षमा अझै तयार नभएको देखिन्छ । प्रतिनिधिसभा निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवारहरु सिफारिस समेत गर्न रुचाउने देउवाको दोहोरो राजनीतिक खेल सतहमा उदागिएको छ ।
देउवा, खडका निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत पुगेका छन् । गगनलाई निर्वाचन आयोगले वैधानिकता दिएकोमा प्रश्न गर्दे सवोच्चमा रिट दिएका छन् र अदालतमा प्रारम्भिक सुनवाई प्रारम्भ भएको छ । माघ ६ गतेकोको निर्वाचन आयोगमा उम्मदेवारहरुको नाम दर्ता समेतलाई प्रभावित गर्नेगरी आयोगको निर्णय विरुद्धको रिटमा अदालतले अन्तरिम आदेश भने दिएको छैन । अदालतले आयोग समक्ष लिखित जवाफ १५ दिन भित्र दिनु भन्ने आदेश, माघ ६ को फैसलामा छ ।
राजनीतिकरुपमा गगन विशेष महाधिवेशनबाट निर्वाचित भएका हुन् । निर्वाचन आयोगले उनैलाई वैधानिकता ठहर गरिदिएको छ । यस बाहेक टिकट बाँडफाँडमा देउवाको पत्यक्ष कम परोक्ष धैरे हदसिम्म संलग्न छन् । कांग्रेसको राजनीतिक वृतमा देउवाले आफू लगायत ८० जनाको नाम गगन थापाको ससंदीय बोर्डलाई उपलब्ध गराएका थिए । कांग्रेस संसदीय बोर्डले देउवालाई टिकट नदिने नीति लिएपछि अन्तिम समयमा देउवाले चुनावमा उम्मेदवारी नहुने घोषणा गरेका थिए ।विशेष महाधिवेशन, आम निर्वाचन राजनीतिकसँग सम्बन्धित विषय हुन् । यस्ता राजनीितिक मामलामा अदालतको आदेशको याचना आफैमा राम्रो अभ्यास मान्न सकिन्न । राजनीतिक मामलालाई राजनीतिक निर्णय र व्यवहारबाट सम्बोधन गरिनु पर्दछ ।
