चुनावमा होमियो मुलुक : झापामा केपिबासँग भिड्दै बालेन !?
काठमाडौं, ६ माघ ।
प्रतिनिधिसभाको निर्वाचनका लागि मंगलबार उम्मेदवारको नाम दर्ता हुने कार्यक्रमसँगै मुलुक निर्वाचनमा होमिएको छ । भदौं २३ को जेनजि अभियान र २४ को विध्वंशको पृष्ठभूमिमा त्यसबेलाको प्रतिनिधिसभा विघटन भएर फागुन २१मा हुन लागेको निर्वाचनमा अघिल्ला चुनावहरुको तुलनामा पार्टीहरु नयाँ रणनीतिकासाथ मैदानमा उत्रिएका छन् ।
आज मुलुकभरका निर्वाचन कार्यालयहरुमा उम्मेदवारी दर्ता हुने छन् । मंगलबार बिहानसम्ममा अधिकांश दलले आफ्ना उम्मेदवार टुंगो लगाएका छन् र अन्तिम कसरत गरिरहेका छन् ।
आसन्न चुनावको परिदृश्य अघिल्ला चुनाव भन्दा भिन्न छ र भिन्न परिणाम आउँने अपेक्षा गरिदैंछ । चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको प्रमुख राजनीतिक पार्टीहरुबीच चुनावी गठ बन्धन भएको छैन् । दलहरु आपसमा एकिकृत भएका छन्, तर भिन्न भिन्न दलहरुबीच चुनावी तालमेल भएको छैन ।
अहिलेसम्मको राजनीतिक दृश्यमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्यूनिष्ट पार्टी, रास्वपा प्रबलरुपमा आउँने देखिदैंछ । पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका २० वटा वामपन्थी पार्टी एकिकृत भएर चुनावी मैदानमा उत्रिएको छ । राप्रपा अघिल्लो चुनावमको तुलनामा धेरै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । यसबाहेक उज्यालो नेपाल, उड्यन उद्यमी वीरेन्दबहादुर बस्नेतको गतिशिल लोकतान्त्रिक पार्टी लगायतका पार्टी र ठूलो संख्याका स्वतन्त्र उम्मेदवार मैदानमा छन् ।
प्रतिनिधिसभाका १६५ प्रत्यक्ष र ११० समानुपातिक गरेर २७५ सिटका लागि निर्वाचन हुँदैछ । प्रतिस्पर्धामा सबै भन्दा बढी मत प्राप्त गर्ने उम्मेदबार निर्वाचित हुने छन् । समानुपातिकमा भने राजनीतिक दलहरुको नाममा प्राप्त मतको आधारमा आयोगमा बुझाइसकेको लिस्टलाई आधार मान्दै सदस्यहरु चुनिन्छन् ।
अघिल्लो संसदको पहिलो पार्टी नेपाली कांग्रेस नीति र नेतृत्व परिवर्तन सहीत निर्वाचनमा होमिएको छ । गगन थापाको नेतृत्वमा कांग्रेस चुनावमा होमिदैं छ भने पूर्व पार्टी सभापति शेरबहादुर देृउवा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमा पुगेका छन् । अघिल्लो चुनावमा माओावादी, माधव नेपाल नेतृत्वको समाजवादीसँग चुनावी तालमेल गरेको कांग्रेस यसपटक एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । एमाले यसपटक पार्टी अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा मैदानमा छ ।
अघिल्लो प्रतिनिधिसभाको सबै भन्दा ठूलो दल नयाँ उर्जासाथ चुनावमा होमिएको छ । यता, दोश्रो दल एमालेले पार्टी नेतृत्व परिवर्तन गरेर चुनावमा उत्रिएको छ भने माओवादीले एकिकृत भएर ठूलो संख्याका दलहरुको आकार लिएको छ । नेपाली कम्यूनिष्ट पार्टी पुष्पकमलको कमाण्डमा सामुहिक नेतृत्वमा छ । यता, अघिल्लो संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्रीकोरुपमा प्रोजेक्सन गर्दे चुनावमा होमिएको छ ।
प्रधानमन्त्रीको रुपमा प्रस्तावित वालेन्द्र शाह(बालेन)ले काठमाडौं महानगरको प्रमुख पद छोडेर झापा ५ बाट उम्मेदवार बन्दैछन्, उनको प्रतिस्पर्धा एमाले अध्यक्ष केपि शर्मा ओलीसँग हुने अनुमान गरिदैंछ । झापाको ५ बाट एमाले लगातार विजयी हुँदै आएका छन् । अध्यक्ष ओली २०७९ मा माओवादीसँगको एकता र अध्यक्ष राजेन्द्र लिङदेन जो झापालीनै हुन् उनको सक्रिय सहयोगमा निर्वाचित भएका हुन् । ओली झापा ५ बाट विजयी भएका थिए भने राप्रपा अध्यक्ष एमालेको सहयोगमा झापा ३ बाट निर्वाचित भएका थिए ।
२०७४ मा पनि राप्रपाको सहयोग थियो, ओलीलाई । काग्रेसको परम्परागत मत आफ्नो ठाउँमा छ । अघिल्लो प्रतिनिधिसभामा रास्वपा तेश्रो स्थानमा थियो ।ओलीले ५२ हजार बढी मत ल्याएर विजयी हुँदा कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार बढी मत पाएका थिए भने रास्वपाका सुरेश कुमार पोखरेललले ११ हजार बढी मत ल्याएका थिए । यस पटक ओलीलाई राप्रपाको साथ छैन ।र, रास्वपाले प्रधानमन्त्रीको प्रोजेक्सन गर्दे बालेनलाई उम्मेदवार बनाएको छ । समय बद्लिएको छ ।बालेन आफू बिजयी हुन् झापा पुगेका हुन् वा ओलीबालाई पराजित गर्न ?खुल्दै जाला ।
