काठमाडौं, ४ माघ ।
जलवायु विज्ञान विभागको आइतबारको मौसमी विवरण अनुसार हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
विभागका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा : ९.४
नूम : ४.९
ताप्लेजुङ्ग : ५
लुक्ला : २
बिराटनगर : ८.४
धनकुटा : ९.३
राजविराज : ८.४
जनकपुर : ९.३
सिमरा : ९.२
काठमाडौं खुमलटार : ३.६
गोरखा : ७.४
पोखरा :  ८.८
जोमसोम : —०.३
भैरहवा, रुपन्देहीः  ७.९
नेपालगंज : ७.८
जुम्ला : —३.९
धनगढीः ५.६
दिपायल : ४.४
सिमिकोट, हुम्ला :—१.१