कहाँ कति चिसो ? पूर्व भन्दा पश्चिम जाडो, काठमाडौं ३.७
काठमाडौं, ३ माघ ।
जलवायु विज्ञान विभागको शनिबारको मौसमी विवरण अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
विभागका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बिहान ७ बजेको तापक्रम केही स्थानको ।
चन्द्रगढी एयरपोर्ट, झापा :८.५
नूम : ६.६
ताप्लेजुङ्ग : ४.९
लुक्ला :—०.२
बिराटनगर : ८.६
धनकुटा : ८.८
राजविराज : ७.७
जनकपुर : ६.९
सिमरा : ९
काठमाडौं खुमलटार :३.७
पोखरा : ८.४
जोमसोम : ०.६
भैरहवा, रुपन्देहीः ५.९
नेपालगंज : ५.८
सुर्खेत : ५.६
जुम्ला :— ४.२
धनगढीः ४.४
दिपायल : ४.५
सिमिकोट, हुम्ला : —१.५
