कांग्रेस सभापति गगन थापा : निर्वाचन आयोग
काठमाडौं, २ माघ
नेपाली कांग्रेसमा आधिकारीक सभापति गगन थापा हुन भन्ने निर्वाचन आयागले निर्णय गरेको छ । विशेष अधिवेशनबाट पुस ३० गते कांग्रेसको सभापतिमा सर्वसम्मतिले निर्वाचित भएका थापा राजनीतिकरुपमा सभापति भएपनि कानूनी आधारमा केही प्रश्नहरु बाँकी थिए । शुत्रबारको बैंठकले थापाालाई आधिकारीता दिने निर्णय बहुमतका आधारमा गरेको हो ।
बुधबार सम्पन्न कांग्रेसका विशेष महाधिवेशनबाट निर्वाचित भएको थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिले बिहिबारमात्र आयोगमा नयाँ कार्यसमिति अध्यावधिक गर्न आवेशन गरेका थिए । आयोगमा शुक्रबार बिहानै देखी थापा पक्ष र कांग्रेसका कार्यवाह सभापति नेतृत्वको टोलीले बेग्लाबेग्लै भेटवार्ता गर्दे आआफ्नो दाबी पेश गरेका थिए । दुबै पक्षको दाबिहरु सुनेपछि र कागजात ग्रहण गरेपछि आयोगले निर्णय दिएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले पक्षमा र एक जनाले विपक्षमा राय दिएको बताइन्छ । प्रमुख निर्वाचन आयुक्त भण्डारी र निर्वाचन आयुक्त सगुनशमशेर राणाले गगनको पक्षमा निर्णय दिएका थिए। अर्का आयुक्त जानकी तुलाधर विपक्षमा निर्णय गरेको श्रोतले बतायो ।
कांग्रेसका १४ अधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्षघर आयोगको निर्णयलाई संभवत कानुनी उपचार मार्फत लिने बाटोमा जाने छ ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनालाई निर्वाचन तालिका प्रारम्भ भैसकेको छ ।र, माघ ६ गतेसम्ममा प्रतिनिधिसभाका उम्मेदवारहरुको नामावली आयोगमा पेश गर्नुपर्ने हुन्छ । गगन नेतृत्वको कांग्रेसले उम्मेदवार चयनको प्रक्रिया प्रारम्भ गरिसकेको बताउँदै छन् ।
निर्वाचन आयोगमा शुक्रबार गगन नेतृत्वको कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आयोगमा विशेष अधिवेशन किन र कसरी आयोजना गरियो भन्नेबारे प्रतिवेदन दिएका थिए । शर्मा, विशेष अधिवेशनको राजनीतिक अस्त्र प्रयोग गर्ने रणनीतिकार हुन् ।
