सङ्लोन्यूज
काठमाडौं, ३० पुस ।
दुई दिन देखीका चरणवद्ध वार्ता र छलफल पछि पनि कांग्रेसमा कुरा मिलेन, निर्वाचनका कार्यक्रम अगाडि बढ्ने भएको छ । कांग्रेस विशेष अधिवेशनपक्षका प्रचार संयोजक सुभाष पोखरेलका अनुसार बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुबीचको छलफलबाट निकास निस्किन सकेन ।
देउवाले आफ्ना अडान नछोडेपछि सहमति हुन नसकेको बुझिएको छ । यता विशेष अधिवेशनपक्ष पनि आफ्ना बटमलाइनबाट पछि हटेन् ।
कांग्रेसको विद्यमान गतिरोधबीच बुधबार विहान केन्द्रीय समिति सानेपामा केन्द्रीय समितिका सदस्यहरु बैंठकको प्रतिक्षामा छन् ।यता विशेष महाधिवेशन प्रतिनिधिहरु भने भृकुटीमण्डमा नयाँ नेतृत्व चयनमा अगाडि बढेका छन् । कांग्रेसको यस्तो बिग्रहको परिणाम सभापति देउवा नेतृत्वले विशेषका प्रमुख नेताहरुलाई कारवाहीको डण्डा चलाउने देखिन्छ भने विशेष अधिवेशनपक्ष नयाँ नेतृत्व सहीत वैधानिक प्रक्रियामा जुट्ने, पार्टी कब्जा गर्ने स्थिति देखिदैंछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *