हाम्रा नेताहरुको मनको अर्थ राजनीति बुझ्न भक्कु प्रसादका लागि यो हप्ता सारै महत्वपूर्ण रहयो । नेपालको राजनैतिक इतिहासलाई नया मोड दिनेगरी कुम्बकर्ण झैँ निदाएको नेपाली कांग्रेसलाइ पुनर्जीवन दिने गरि भएको बिशेष महाधिबेसनमा गगनको गहकिलो गर्जनले ओलीको गोलि,  बोलि र गुन्डुको डोली सबार पछि एमालेको महाधिबेसनलाई पनि माथ गर्नेगरी धक्का मात्र दिएन नेपाली राजनीतिमा भदौको गर्मि भन्दा पौषको जाडो गरम हुने गरि नेपाली कांग्रेस भित्र त गर्मि गर्यो नै, यसले अरु पार्टीहरु,  पुरै समाज र राजनीतिक ठानलुहरुको मथिंगल हल्लिने गरि नया तरङ्ग पैदा गर्यो ।

भक्कु प्रसादले यो हप्ता चिया पसलमा भएका केहि चाख लाग्दा गफगाफलाई संकलन गरि  सातबुँदे स्वाद पस्किएको छ   ।

१. प्रसङ्ग नेपाली कांग्रेसबाटै सुरु गरौं।  यत्रो लामो गौरवमय इतिहास बोकेको लोकतान्त्रिक पार्टीका केहि ठालु नेताहरूको मनको अर्थ राजनीति गजबले बुझ्ने मौका मिल्यो । लोकतन्त्रका लागि जन्मिएको राजनैतिक शक्ति भएकोले नेपाली कांग्रेसको बिधान स्वभावत: लोकतान्त्रिक हुने नै भयो । यसको मतलब यो हो कि पार्टीको सर्वोच्चता महाधिवेशनका बहुमत प्राप्त प्रतिनिधीलार्इ मानिएको छ । यो सवोच्चता महाधिवेसनले छानेर सिमित जिम्मेवारी दिएका केद्रीय समितिको बहुमतको निर्णयलाइ छैन । त्यस अर्थमा बिशेष महाधिवेसनले प्रक्रिया पुर्याई गरेका निर्णयहरु सवोच्च हुन्छन । यसलाई सबैले मान्नु पर्ने कुरा सबैको राजनैतिक, कानुनि र नैतिक कर्त्यब्य हुन आउछ ।  संविधान, नियम, कानुन र पार्टीको विधान सम्मत बिशेष महाधिवेसनले गरेका नीति र नेतृत्त्व समेतका निर्णय सबै वैधानिक हुन्छन । यो कुरा घाम जस्तै छर्लंग छ । यति प्रष्ट कुरा हुदाहुँदै र पार्टी भित्रकै र बाहिरका विद्वानहरूले भन्दा भन्दै पनि किन नेपाली कांग्रेसका लोकतान्त्रिक भनिएका नेताहरुले कम्युनिस्टहरु जस्तै गरि अधिनायकवादी ब्यवहार र स्वभाव देखाई रहेका छन् ? उनीहरुको ”जिद्धिपन, हेपाहा प्रवृति, अहंकारी भाव, पद र सत्ता लोभ, अध्यारो कोठामा हुने झेली खेल, रुखो बोलिबचन सुन्दा र केही नेताहरुले देखाएको ठालुपन, जिमिन्दारी प्रवृति र आफुलाई मुखियाको रुपमा उभ्याई रहने मनस्थिति कतिपय ठुला भनिएका कांग्रेसी नेताहरुमा अझैपनि गैसकेको रहेनछ भन्ने भान भयो । यस्ता प्रवृति किन हावी हुन्छन् भन्ने बिषयमा केन वेबर भन्ने एकजना जर्मन दार्सनिकले आफ्नो इन्त्रीगल सिधान्तमा भनेका छन् – मानिसहरु को नेतृत्व तथा व्यक्तित्वको जाच नियम कस्तो बनाइयो भन्ने संगै उसको नियत, संस्कार र बानि ब्यवहारबाट चिनिन्छ । यस्तो लाग्छ कि यी केही राजनैतिक एलिटहरुले विधान र संगठन देखाउनको लागि बनाएका रहेछन् तर उनीहरुको नियत चाहि नियम मिच्ने खालको रहेछ। संस्कार सामन्तीको जस्तो र बानि ब्यवहार चाहि ठालु पल्टिने खालको देखियो ।

लोकतान्त्रिक पार्टी भएकाले यसको बिरोध र बिद्रोह सचेत युवा नेताहरुले गरे। बिशेष महाधिवेसन यसको तयारि र प्रक्रियागत हिसाबले ससक्त, भब्य र सभ्य तरिकाले सम्पन्न हुदैछ । यो नेपालको राजनैतिक इतिहासमा चानचुने कुरा होइन । जुन कुरा कम्युनिस्ट पार्टीहरुमा बिरलै देखिन्छ। उनीहरुको नेतृत्त्वले जनवादी केद्रियताका नाममा आन्तरिक लोकतन्त्रलाई दवाएर राख्ने गर्छन र विद्रोही आवाजहरु नेतृत्व सामु टिक्न र सहन नसकेर पार्टी फुटाएर जान्छन् । आफु नेतृत्वमा आएपछि फेरी तेसै गर्छन । यो नेपाली कमुनिस्ट पार्टीमा भएको कहिलै निको नहुने तेस्रो स्टेजको क्यान्सर रोग सरह नै हो ।  यसको दिर्घकालिन परिणाम ढिलो छिटो कम्युनिस्ट पार्टीहरुको पतन नै हो । नेपाली कांग्रेसको बिशेष महाधिवेसनको अपनत्व बाध्यताबस भएपनि पार्टी नेतृत्वले लियो र पार्टी फुटेन भने यो अभियानले नेपाली लोकतन्त्रको लागि ठुलो मलजल प्रदान गर्ने छ । भक्कु प्रसादले चिया पसल चाहार्दा  यो हप्ता भेटेको यो अमुल्य सम्पति हो ।

१. सबै जसो चिया पसल आएका कांग्रेसी र गैर कांग्रेसी जनमानसले यी कांग्रेसका होनोहार अभियन्ताहरुको जय होस् भनेको देख्यो,  सधैजसो नेताहरुलाई साटो सराप गर्ने यी जनहरुको मन बदलिएको देखेर भक्कु प्रसादलाई आनन्दको महसुस पनि भयो ।

२. अर्को प्रसङ्ग एमालेको —भक्कु प्रसादले चिया पसलमा सुन्यो – “गगनको दास, लास र बा शब्दको बाचनलाइ काउन्टर दिन हामी बा का छोराछोरी पनि होइनौ,  दास र लास त झन् होइनौ भनेर एमालेका नेताले किन लेखि हाल्नु परेछ कुन्नि” ?  “चोरको खुट्टा झिक भन्दा झीके झैँ एमालेका नेताहरुले गगनलाई किन स्पस्टिकरण दिनु परेको होला” ? “ हामी बा का छोरा छोरि, वा दास र लास होइनौ है”  किन भन्नु परेको होला? “ हामी त केवल नेताका वरिपरी बडी गार्ड बस्ने इमान्दार सिपाई मात्र हौँ,  हाम्रा खास ठालु नेता त ‘बा’ नै हुन् किन भन्नु परेको होला” ?  “किन हतार हतार गरि सोसियल मेडियामा लेख्ननु परेको होला”। भक्कु प्रसादसँग यसको जबाफ हुने कुरै भएन ।

३. नयाँ वरिष्टको झापा ५ नम्बरको चुनाइले पनि चिया पसलको गफ राम्रैगरी गुन्जिरहेको देखिन्थ्यो । बा ले मन मनै भनिरहनु भएको होला – “इश्वर र उसका गणलाइ त हराएको नेता हु म, त्यस्ता नाथे लुसिफ़र, डोजर राक्षसलाई त के बाँकि राख्थें ? म झापा ५ जानै पर्दैन, मेरो इमान्दार उत्तराधिकारी महेसलाइ झापा ५ पठाएर म भक्तपुर २ बाटै गुन्डु बसिबसी  चुनाव जित्नेछु । बा मनमनै भनि रहेका होलान “प्राय: वरिष्टहरुले चुनाव हार्ने चलन छ जसले गर्दा पछि प्रधानमन्त्री दिनु नपरोस । पार्टीमा आउन नपाइ प्रधानमन्त्री ताक्ने लुसिफरलाई त स्वतन्त्र वालाहरुले नै चुनावमा हराई हाल्छन नि ।  यस्तो चिया गफ सुन्दा नि भक्कु प्रसादलाई रमाइलो नै महसुस भयो ।

४. प्रचण्डको पतन पथमा जेनजीको लागि छुटै व्यवस्था गर्ने लुते गर्जनको चर्चा पनि यो हप्ता भक्कु प्रसादले चिया पसलमा सुन्न पायो। मानिसहरु भन्दै थिए “ए अब प्रचण्डका नाति नातिना हुर्के क्यारे हैन । उनीहरु जेनजी उमेर समुहमा पुगे छन् क्यारे ? उनीहरुको लागि सिट रिजर्भ गर्न परेन त?  छोरिलाइ मात्र सिट दिएर मात्र पुग्छ त?  नत्र नाति नातिनीहरुले बिद्रोह गरि हाल्छन नि ।

५. रोल्पाबाट दुइ कमरेड भिड्दै भन्ने चर्चाले पनि चिया पसलमा राम्रै ठाउँ पाएको देखियो । त्यतिका वर्ष पार्टी भित्र प्रतिष्पर्धा गर्न नपाएर उकुसमुकुस भएका बर्षमान र विप्लबले कमसेकम रोल्पामा त प्रतिस्पर्धा गर्न पाउने भएछन् । प्रचण्डको बानि व्यहोरा बुझेका चिया पसलका केहि जनमानसहरु भन्दै थिए, “फेरी प्रचण्डले बिप्लबलाई १८ रौं पार्टी पनि मिलौं भनेर ठुलो खाले ललिपोप देखाउन पनि सक्छन । बर्षमानले चुनाव जितेपछि जनार्दनकै बाटोमा बिप्लवलाई घोक्रेठ्याक लगाउन पनि सक्छन ।

६. बाह्र दिने एकीकृत स्वतन्त्र पार्टीका उज्यालोवाला बरिष्ट उपाध्यक्षको पद अध्यक्ष्यमा प्रमोसन भएको गफ पनि घतलाग्दो रहयो।  मानिसहरु भन्दै थिए “आफ्नो त प्रमोशन गर्नु भयो, तर समानुपातिकका आफ्ना साथीहरुका सबै सिट र त्यो सँगँसगै केहि वरिष्ट नयाँ साथीहरु गुमाउनु पर्दा उज्यालोवाला अध्यक्ष्यले लोड सेडिङ्ग भएको बेला अध्यारो कोठामा एक्लै बसी धुरुधुरु रुनु परेछ ।  यो पृथ्वी  जयन्ति एकताको प्रतीकको रुपमा मनाएर राम्रै गरेछन् । दुइ पार्टी एकता गरेर झन् राम्रो गरेछन् । तर आफु रास्ट्रपति हुन पाउने व्यवस्था नमानेर नेपालीलाई एकताको सुत्रमा बाध्न फालिसकेको बदनाम राजततन्त्र नै चाहिने भनेर लागेका यिनीहरुको आत्मा विश्वास कति कमजोर  होला ?  कतै मोदी बालार्इ रिझाएर धर्म भत्ताको लोभ त गरेको होइन ? राजतन्त्र फर्काउँदा भू राजनैतिक रुपले तरल र सामाजिक र धार्मिक बिविधताले भरिएको हाम्रो राष्ट्रमा हिन्दु राज्यको नाममा नेपाली नेपाली बिचको एकताको साटो फाटो हुन्न र ? यिनीहरुले यति जाबो कुरा पनि किन न बुझेका होलान ?  भक्कु प्रसादले यो कुरा पनि घत मानेर चिया पसलबाट फर्कियो ।

 

यो हप्ताका यी सात कुरा सुनेर तपाइँ पाठकललाइ चाहि के भयो कुन्नि ? ……….


Leave a Reply

Your email address will not be published. Required fields are marked *