गंभिर मोडमा कांग्रेस :नेतृत्व परिवर्तनको चुनौतीमा प्रवेश गर्ला विशेष महाधिवेशन
कांग्रेस भित्र संस्थापनको जडता अरु २,३ दिनसम्म रहिरह्यो भने कांग्रेस विभाजन त हुँदैन । तर एउटा पक्ष बाहिरिने हुन्छ ? गगन बाहिरिन्छन् कि देउवा ? कतै देउवा बहुमतीय रामनाम जप्दाजप्दै कांग्रेस मूलधारबाट किनारामा पुग्ने त होइनन् ? समय बलवान छ ।
समाचार टिप्पणी
काठमाडौं, २७ पुस ।
नेपाली कांग्रेस संभवत इतिहासको सर्वाधिक गंभिर मोडमा पुगेको छ । विशेष अधिवेशनपक्षले बोलाएको विशेष महाधिवेशन आइतबारदेखी सुरु हुँदैछ । पार्टीको संस्थापनपक्ष जो विशेषको वैधानिकतामा माथि प्रश्न उठाइरहेको छ र विशेषमा सहभागि हुनेहरुलाई कारवाहीको धम्की दिइरहेको छ।र, सबै भन्दा महत्वपूर्ण फागुन २१ को घोषित प्रतिनिधिसभाका लागि ९ दिन पछि उम्मेदवारहरुको नाम निर्वाचन आयोगमा बुझाउनु आयोगको तालिका छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी र लोकतान्त्रिक चरित्रको पार्टी कांग्रेसको आन्तरिक बिग्रहको पटाक्षेप कसरी हुने हो ? संसय छन् । विशेष महाधिवेशन खास गरेर कांग्रेसको नीति र नेतृत्व परिवर्तन गर्ने उदेश्यले बोलाईएको हो ? कांग्रेसका महाधिवेशन बोलाउने प्रनिनिधिहरुले प्रारम्भमा निवेदनमा उल्लेख गरेका प्रमुख दुई माग नीति र नेतृत्व परिवर्तन हुन । यी दुबै मागमा छलफल गर्दे निर्णय दिने हुन् प्रतिनिधिहरुले ? वा पार्टी वृतमा विकसित भएको नेतृत्व परिवर्तनको मागलाई अहिलेका लागि स्थगित गनुपर्ने आवाजलाई आत्मसात गर्दे निर्णयबाट पछि हट्ने हुन् ? प्रश्नहरु अनुत्तरित छन् । कारण, प्रतिनिधिसभा निर्वाचन सामुन्ने छ ।
हुन् त काग्रेसमा ४ महिनायता चुनाव अगाडि नीति र नेतृत्व परिवर्तन कि चुनाव पछि भन्ने प्रश्न प्रबल बन्दै आएको छ । पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको विशेष महाधिवेशनमा नीति परिवर्तनमा खास ठूलो झमेला नहोला ? कारण, महामन्त्रीहरुले सल्लाह गरेर पेश भएको नीतिमा छलफल भएर ठप्पा लगाएर औपचारिता दिने छन् प्रतिनिधिहरुले ।
देउवाले बुहमतीय अंहकार त्याग्न सक्नुपर्दछ । पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी सभापतिको हो । महाधिवेशन प्रतिनिधिहरुको मागलाई कुनै पनि मूल्यमा सम्बोधन गरिनुपर्दछ, त्यसका लगि देउवा आफै अग्रसर हुनुपर्दछ ढिलै भएपनि ।
प्रश्न छ, नेतृत्व परिवर्तन ? यसका लागि पहिलो इच्छाशक्ति आवश्यक छ, जुन महामन्त्रीहरु लगायतका अगुवाहरुमा देखिएको छ । यसका लागि महाधिवेशन प्रतिनिधिहरुको संख्या बहुमत हुन भने आवश्यक हुन्छ । जसका लागि भरपुर प्रयास भैरहेको देखिन्छ । विशेष अधिवेशनका लागि अशोज २९ मा निवेदन दर्ता गर्दा ५४.५ प्रतिशतको हस्ताक्षर बुझाइएको थियो । संस्थापनको बिथोल्ने नीति विपरित ६० प्रतिशत भन्दा बढी प्रतिनिधिहरुको सहभागिता जुट्नसक्छ ? विशेष अधिवेशन आयोजकहरुमा उत्साह देखिन्छ र उनीहरु ६० प्रतिशत नाध्ने दाबी गर्देछन् । आइतबार उद्घाटन र सोमबार बन्द सत्रसम्म पुग्दा यदी विशेष महाधिवेशनमा सहभागि हुनेको संख्या ६० प्रतिशत नाध्यो भने नेतृत्व परिवर्तनको बलियो आधार बन्दछ ?र, नेतृत्व परिवर्तनको राजनीतिक खेलका निम्ति महाधिवेशन लम्बिने संभावना पनि छ ।
नेतृत्व परिवर्तनलाई निस्तेज पार्न संकल्प महाधिवेशन, सहमतिको महाधिवेशन जस्ता अभ्यास पनि भैरहेका छन् । नेतृत्व परिवर्तनको मागलाई कमजोर बनाउन, सभापति शेरबहादुुर देउवा, नेता शेखर कोइराला लगायत संस्थापनका मसिहाहरुले विशेष महाधिवेशनलाई आत्मसात गर्दे विशेषमा सहभागि हुने राजनीतिक संस्कार देखाउनसक्नु पर्दछ । देउवाले बुहमतीय अंहकार त्याग्न सक्नुपर्दछ । पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी सभापतिको हो । महाधिवेशन प्रतिनिधिहरुको मागलाई कुनै पनि मूल्यमा सम्बोधन गरिनुपर्दछ, त्यसका लगि देउवा आफै अग्रसर हुनुपर्दछ ढिलै भएपनि ।
राजनीतिक पार्टीका अधिवेशनहरु केन्द्रीय समितीहरु भन्दा उच्च निकाय हुन् । विशेष अधिवेशनबाट कांग्रेसको वर्तमान केन्द्रीय समिति विघटन गर्दे नयाँ नेतृत्व चयन हुने हो । यस अर्थमा आयोगले कांग्रेस विशेष अधिवेशनलाई अमान्य गर्न, मान्यता नदिन सहज छैन—संविधान, कानून, राजनीतिक पार्टीका विधान र राजनीतिकदल सम्बन्धी कानूनहरुको रोहमा।
देउवाले अहिलेको गभिर अवस्थाको आँकलन गर्दे प्रभावकारी कदम चालेनन् भने कांग्रेस एक हुँदैन । विभाजन भन्न मिल्दैन, कारण महाधिवेशनले नेतृत्व चयन गर्यो भने त्यो विभाजन होइन, राजनीतिक हस्तक्षेपमात्र हो । कांग्रेस कसैले नचाहँदा नचाहँदै एउटापक्ष बाहिरिने अवस्थामा पुग्ने त होइन ?को बाहिरिने हो ? देउवा वा गगन, विश्वप्रकाश ?
विशेष अधिवेशनले नेतृत्व परिवर्तन गरेको अवस्थामा के के होला त ? स्वभाविक छ, नयाँ नेतृत्वले कांग्रेस पार्टी अफिसमा पदासिन हुनुपर्ने हुन्छ । पार्टीमा कब्जा जमाएर बसेकाहरुले खाली गरिदेलान केन्द्रीय कार्यालय ? संभवत गर्देनन् । त्यस्तो अवस्थामा हस्तक्षेप आवश्यक हुन्छ । मुठभेडको अवस्था आईलाग्नसक्छन । यी भए पार्टी भित्रका मामला । संवैधानिक, कानूनी प्रश्नहरुको छोटोसमयमा निरुपण हुन आवश्यक पनि छ ।
सामुन्नेको निर्वाचन तालिकाबीच के के हुनसक्छ ? सामान्य विवेचना गरौं । माघ ६ मा प्रतिनिधिसभाका उम्मेदवारको नामाबली बुझाउने दिन हो । नयाँ सभापति र केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता दिनुपर्ने हुन्छ । आयोगले कसलाई मान्यता दिनसक्छ त ? निर्वाचन कानून, कांग्रेस पार्टीको विधान र विगतका आयोगका निर्णयहरुको कसीमा निर्णय हुनसक्छ । निर्वाचन आयोगले पार्टीको देउवा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने हो वा विशेष अधिवेशनलाई ? प्रश्न अनुत्तरित छन् । राजनीतिक पार्टीका अधिवेशनहरु केन्द्रीय समितीहरु भन्दा उच्च निकाय हुन् । विशेष अधिवेशनबाट कांग्रेसको वर्तमान केन्द्रीय समिति विघटन गर्दे नयाँ नेतृत्व चयन हुने हो । यस अर्थमा आयोगले कांग्रेस विशेष अधिवेशनलाई अमान्य गर्न, मान्यता नदिन सहज छैन —संविधान, कानून, राजनीतिक पार्टीका विधान र राजनीतिकदल सम्बन्धी कानूनहरुको रोहमा ।
कांग्रेस भित्र संस्थापनको जडता अरु २,३ दिनसम्म रहिरह्यो भने कांग्रेस विभाजन त हुँदैन । तर एउटा पक्ष बाहिरिने हुन्छ ? गगन बाहिरिन्छन् कि देउवा ? कतै देउवा बहुमतीय रामनाम जप्दाजप्दै कांग्रेस मूलधारबाट किनारामा पुग्ने त होइनन् ? समय बलवान छ ।
कभर तस्बिर: सामजिक संजाल
