११ बजे  जुलुस प्रर्दशन १ बजे उद्घाटन

काठमाडौं, २६पुस ।

नेपाली कांग्रेका आधा बढी महाधिवेशन प्रतिनिधिहरुले बोलाएको विशेष महाधिवेशनको तयारी लगभग पुरा भएको छ । शनिबार आयोजनास्थल भृकुटीमण्डप, काठमाडौंमा पत्रकार सम्मेलन गर्दे आयोजकले विशेष महाधिवेशनमा ६० प्रतिशत भन्दा बढी प्रतिनिधि सहभागि हुने दाबी गरेका छन् । विशेष महाधिवेशनको माग गर्दे प्रारम्भमा हस्ताक्षर गर्ने प्रतिनिधिहरुको संख्या ५४ प्रतिशत भन्दा थियो ।
विशेष अधिवेशनमा सहभागि नहुन संस्थापनपक्षको दबावपूर्ण आग्रह औपचारिक अनुरोध विपरित ठूलो संख्याका महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा खुल्न थालेको देखिन्छ । विशेष अधिवेशनका प्रचार संयोजक सुभाष पोखरेलले विशेष महाधिवेशनको तयारी लगभग पुरा भएको छ बताए ।महाधिवेशनमा संस्थापनपक्षका गोपालमान श्रेष्ठले सहभागिता जनाउने सन्देश दिएका छन् भने संस्थापनसँग लहसिएका नेता शेखर कोइरालापक्षका जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरु धमाधम विशेष महाधिवेशनमा जोडिदैं गरेको विवरण दिइदैंछ ।
विशेष महाधिवेशन पक्षले सभापति देउवाबाट उद्घाटन हुनसक्ने अपेक्षा गरेपनि देउवा उपस्थित हुने संभावना कम छ । आइतबार, ११ बजेसम्म राजधानीका विभिन्नस्थानबाट ¥यालीहरु निस्कने र अपराह्न १ बजे उद्घाटको कार्यक्रम राखिएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्णसबुज बाँनियाबाट हुने छ । उद्घाटन देउवाको अनुपस्थिति भएको अवस्थामात्र विकल्पबारे सोच्ने बताइयो ।
महाधिवेशन स्थल भृकृटीमण्डमा शनिबार अपराह्नदेखी ठूलो संख्यामा कांग्रेसजनको उपस्थिति थियो । महाधिवेशन प्रतिनिधि, विभिन्नतहका नेता, कार्यकर्ता, शुभेच्छुकहरुको भिड जम्मा भएको थियो ।
महाधिवेशन स्थलका केही तस्बिर:


अधिवेशनमा स्वागत

अधिवेशनस्थलमा केन्द्रीय सदस्य अर्जुननर्सिङ्ग केसी.


पत्रकार सम्मेलन


पत्रकारसँग कुरा गर्दे प्रचार संयोजक सुभाष पोखरेल


नेटवर्क त लाग्नु पर्यो


Leave a Reply

Your email address will not be published. Required fields are marked *