पत्रकारिता र राजनीतिक जगतका असल योद्धा दाहालको निधन
काठमाडौं, २६ पुस ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको गएराति निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशक र गोरखापत्र संस्थानका पूर्वअध्यक्ष दाहालको नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको छ ।
नेपाली कांग्रेस पार्टीमा जीवनपर्यन्त सक्रिय दाहालको लोकतान्त्रिक आन्दोलनमा योगदान स्मरणीय रहेको छ ।२०५६ सालको आम निर्वाचनमा ओखलढुङ्गा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनले कृषि तथा सहकारी मन्त्री बनेका थिए ।
नेपाली कांग्रेसले दाहालको निधनमा शोक प्रस्ताव पारित गर्दे ३ दिन पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ । यता, कांग्रेस विशेष अधिवेशनपक्षले शनिबार आयोजना भनिएका ¥याली लगायतका सबै क्रार्यक्रम स्थगित भएको जनाएको छ ।
कांग्रेस दोश्रो बिषेश महाअधिवेसन व्यवस्थापन सचिवालयको विज्ञप्ति भनिएको छ ‘ नेपालको लोकतान्त्रिक आन्दोलनका अथक साधक मुर्धन्य व्यक्तित्व नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनले हामीलाई स्तब्ध बनाएको छ । नेपालको पत्रकारिता र राजनीतिक जगतले एक असल योद्धा गुमाएको छ ।
कागस विज्ञप्तिमा भनिएको छ ‘प्रजातन्त्र स्थापनाको सघर्षका कठिन दिनमा बीपि कोइरालासँगको साधिन्यतामा राष्ट्र पुकार लगायतका पत्रिकाबाट उहाँले पु¥याउनुभएको योगदान अतुलनीय रहेको छ । ब्रह्मलिन आत्माप्रति सिंगो पार्टीपङतीको तर्फबाट भावपूर्ण श्रद्धासुमनका साथै शोककुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।’
राजनीतिक जगतले एक असल योद्धा गुमाएको छ ।’पटक–पटक लोकतान्त्रिक मूल्यका लागि जेल जीवन बिताएका दाहाल केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गएराति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
ओखलढुंगा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (जातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए ।
