एकादेशमा एउटा विशाल जंगलमा एक बुढो सिंह बस्दथ्यो। उमेरले थाकिसकेको, दाँतहरू फुक्लेको, कान सुन्न नसक्ने, आँखा देख्न नसक्ने भएपनि सत्ता भने अझै पनि छोड्न नसक्ने मानसिकताबाट ग्रसित थियो । बुढो सिंह, देशकाल परिस्थितिबारे अनभिज्ञ झै थियो, आफै हिँडडुल गर्न नसक्ने, आफ्ना अंगरक्षकले जे भन्यो त्यहीँ पप्त्याउँदथ्यो । जंगलको राजा भएकोले उसलाई सबैले मानमनितो गर्दे आएका थिए।
सिंहका चारजना साथीहरु थिए, जसलाई ऊ आफ्नो अंगरक्षक मान्दथ्यो।
पहिलोको नाम थियो पंगु, सिंहले उसलाई आफ्नो प्रतिनिधि बनाएको थियो । तर संकटको बेला ऊ जस्तो नाम त्यस्तै पंगुनामजस्तै पंगु नै साबित भयो। शेरले आफ्नो विरासत दिन खोजेको पनि हो,उ नालायक ठहरियो ।
दोस्रोको नाम थियो पत्रु । उ पढेलेखेको भएकोले सिंहले प्रचारप्रसारको काम दिएको थियो । तर अहंकारले गर्दा उसको बुद्धि प्रमाणपत्रमै सीमित रह्यो। ब्यबहारमा कुनै कुराको तर्क दिन नसक्ने, लिडे ढिपी गर्ने र भर गर्ननहुने पत्रु ठहरियो ।
तेस्रो थियो सिल्पट, कानुन पढेको थियो, एकताका लोकतान्त्रिक पद्दतिको अभ्यास गर्ने भनि कहलिएको पनि थियो। तर बुढो हुँदै गएपछि उ त नियमहरुको उल्टोपाल्टो व्याख्या गर्ने,  तर्क भन्दा कूतर्क गर्ने, कानुनलाई कानुनको झेली खेल खेल्ने पट्टि तल्लिन देखिन थाल्यो ।
चौथो थियो बकबके जो विधि मान्ने विरासत प्राप्त धेरैले भरोसा गरेको नेता हुने खालको थियो । बाबुको विरासत पालना गर्न असफल भई उल्टै विधि नमान्ने मुढे तर्क गर्ने पो हुन पुग्यो ।

राजनैतिक भक्त र दास दासीहरुको हैसियतमा सिंहका केहि जत्था स्यालहरु थिए । उनीहरुको काम साझ परेपछि हाईहुँइ गर्नु बाहेक केहि गर्नसक्ने अवस्थामा थिएनन् । बुढो भएर दिनभर सुत्ने, नदेख्ने, नसुन्ने सिंहले ति स्यालहरुको हाइ र हुइलाइ सबै त ठिकै छ होला भन्ने ठानी मेरो शासन सत्तामा रहने सक्ति कायमै रहेको ठानी रह्यो । अंगरक्षकहरू असक्षम छन् भन्ने कुरा थाहा पाएर पनी उसको चेत त खुलेन नै, निन्द्रा समेत खुलेन । उ कुभ्मकर्ण जस्तै सुतेर बसी रहयो ।
जंगलका सबै सचेत प्राणिहरूबीच गाइँगुई चल्न थाल्यो, अब त यो बुढो सिंहबाट हामी शासित हुन सकिन्न, सभा गर्नैपर्छ, नियम फेरबदल गर्नुपर्छ, नयाँ सिंह छान्नुपर्छ भन्न थाले ।
यो कुरा कमिला र मौरीहरूलाइ पनि घत लाग्यो । उनीहरू पनि बहसमा आए र नम्र भएर गुनगुनाउँदै भने हामी पनि खराब शासनले पीडित छौं। जंगलमा बसीसक्नु छैन । गाउँ जाउँ बाचिएला नबाँचिएला ?
सारा प्राणी जो जंगलको राजा सिंहको राज्यमा थिए । उनीहरुले छलफल गरेर योजना तय गरे, ठूलो सभा आयोजन गर्ने।
सिंहले सभामा आफै उपस्थिति भएर शासन, सत्ता र नेतृत्व योग्य सिंहलाई हस्तान्तरण गरेनन् भने, हामीले सिंह र उसका अंगरक्षकलाई घेर्ने, विनम्र भावले सम्झाउने, हाम्रो कुरा सुनेपनि नसुने जस्तो गरेमा हामीले उसलाई टोक्नु परे टोक्ने छौं भन्नथाले। सिंह र उसका असक्षम अंगरक्षकहरूलाई पदबाट निकाल्ने अभियानमा समाहित हुन्छौं भन्न थाले ।
जंगलभरि हल्ला मच्चियो। प्राणिहरूले उत्साहित हुँदै भने, जंगलमा नयाँ अध्याय र अभ्यास सुरु हुन्छ कि जस्तो पो छ। अब हामी मिलेर काम ग¥यौं भने हाम्रो जंगल रामराज्य जस्तो बनाउन सकिन्छ । सबै त्यता तर्फ लागौँ, बुढो सिंहको विकल्प खोजौं ।
यसरी जंगलको राजनीति हाँस्यरसमा लोककथा जस्तै बन्यो। सिंह बुढो भए पछि पनि सत्ता लोभी भै राख्दा उसको पतन हुने भएछ। अंगरक्षकहरू असक्षम, अहंकारी र मुर्ख भएपछि सचेत प्राणिहरू विद्रोही भएछन् । बुढो सिंहले अंगरक्षकहरु असक्ष, अहंकारी मुर्ख भएको पत्तो पाएकै छैन । उसको राज्यमा युवा सिंहहरुको गर्जनलाई भुसुना ठानेको छ । भुसुना घुमिरहन्छन्, तिनलाई छोपौं र आफ्नै खल्तीबाट पदहरु पजनी गरौं भन्ने बुढो सिंहको मानसिकता र व्यवहारकै कारण भुसुनाहरु झनझन शक्तिशाली भएर बुढो सिंहको  पतन हुने अवस्थामा छ । भुसुनाहरु उत्साहित छन्,किनकी असल सासनसत्ता र  सक्षम नेतृत्व चयन हुनसक्दो रहेछ भन्ने देखिदैं छ । अब प्रश्न यही हो कि  भुसुनाले घेर्क कमिला र मौरीले टोक्न सुरुगर्नु अगाडि नै सिंहले सत्ता छोड्ने हुन कि अझै पनि सकिनसकि गर्जन पो गर्ने हो ? हेर्न बाँकि छ, सबैलाई ज्ञान भया !!
नोट : छड्के नजर,भक्कुप्रसादको दिलदिमागको कथा हो, कोही कसैसँग विषय वा प्रसङ्गले मिल्न गए, त्यो संयोगमात्र हुने छ भुसुना


Leave a Reply

Your email address will not be published. Required fields are marked *