टेलिफोन इन्टरनेट काटियो

काठमाडौं, २५ पुस ।
इरानको राजधानी र अन्य शहरहरूमा प्रदर्शनकारीहरूको विशाल भीड मार्च गरिरहेको छ । धर्मगुरु आयोतुल्ला अल खुमेनी नेतृत्वको सरकारले इन्टरनेट बन्द गरेको टेलिफोन काटिएको छ । सरकार विरोधी विशाल जुलुशलाई सरकारले नियन्त्रण गर्न नसकिरहेको संचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सिहरुका अनुसार बिहीबार साँझ तेहरान र दोस्रो शहर मशहदमा शान्तिपूर्ण प्रदर्शनहरू, जुन सुरक्षा बलहरूले तितरबितर पार्न सकिरहेका छै्रनन् । इरानका
इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खामेनीलाई हटाउने उदेश्यको प्रर्दशन हो भनिदैंछ । इरानका स्वर्गीय राजाका निर्वासित छोरा रेजा पल्लवीले आन्दोलनका्रीलाई समर्थन गर्दे वक्तव्य निकालेका छन् । पल्लवी निर्वासन फिर्ता ल्याउँनुपर्नृे माग प्रदर्शनकारीबाट सुन्ने गरिएको भएपनि आन्दोलन नेतृत्वविहीन देखिन्छ ।
मानव अधिकार समूहहरूका अनुसार इरानी मुद्राको अवमूल्यन भएपनि आक्रोशले फैलिएको हो । दुई सातादेखि फैलिएको आन्दोलनको १२ दिन अहिलेसम्मकै विशाल प्रर्दशन भएको समाचार संस्थाहरुले जनाएका छन् ।आन्दोलन इरानका सबै ३१ प्रान्तका १०० भन्दा बढी शहर र शहरहरूमा फैलिएको बताइएको छ।
मानव अधिकारवादी संस्थाहले अहिलेसम्म कम्तिमा ३४ प्रदर्शनकारीहरू जसमा पाँच बालबालिका र आठ सुरक्षाकर्मीहरू समेत पर्दछन्, उनीहरु मारिएका छन् । दुई हजार बढी प्रर्दशनकारी प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।
प्रर्दशनकारीहरुले राजतन्त्र फर्काउने माग गरिरहेको देखिन्छ । रेजा पल्लवी जो अहिले अमेरिकाको वाशिङ्गटनमा निर्वासित जीवन बिताइरहेका छन् । उनका बुबा राजा लाई १९७९ को इस्लामिक क्रान्तिले अपदस्थ गरेको थियो । पल्लवीले इरानी जनतालाई सडकमा निस्कन आव्हान गरेपछि विशाल जनप्रदर्शन भएको बताइन्छ । एक पोस्टमा, पल्लावलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूलाई आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् ।

तस्बिर: साभार – NBC


Leave a Reply

Your email address will not be published. Required fields are marked *