विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहिनु भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन ।

काठमाडौं, २३ पुस ।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले नेपाली कांग्रेस पार्टी नेतृत्वलाई विशेष अधिवेशन आयोजनाको स्वामित्व लिन अनुरोध गरेको छ । बुधबार विशेष महाधिवेशन पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेको हो । पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ ‘अतः हामीलाई विश्वास छ, पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ र आयोजनाको स्वामित्व लिनेछ। विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउनु हामी सबैको साझा दायित्व हो। वर्तमान संवेदनशील घडीमा पार्टी विधानको सर्वोच्चतालाई अक्षुण्ण राख्दै नेपाली कांग्रेसको आन्तरिक एकतालाई थप सुदृढ बनाउन यो महाधिवेशन कोसेढुंगा साबित हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं। केन्द्रीय पदाधिकारीसहित पार्टीका सबै तह र निकायवाट यसमा पूर्ण योगदान र सहयोग प्राप्त हुने अपेक्षा गरेका छौं।’
नेपाली कांग्रेस यतिखेर संस्थापनपक्ष भनिने पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको समूह र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको विशेष अधिवेशन पक्षधरबीच द्धन्दरत छ । संस्थापक्ष आगामि वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने बहुमतिय निर्णयमा छ र विशेष अधिवेशन भाड्ने भरमजदुर प्रयास गरिरहेको छ । यता, विशेष महाधिवेशन पक्षधरुले बुधबारदेखी अधिवेशनका कार्यक्रमहरुलाई गति दिएका छन् र अधिवेशन हुने कुरामा कुनै सशय नराख्न, कुनै अपवाहबाट प्रभावित नहुनु आग्रह गरिरहेका छन् ।
पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्ती
वर्तमान जटिल तथा विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावना अनुकूल बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको ठहर गर्दै, पार्टी विधानको धारा १७ उपधारा ९२० बमोजिम हामी २,४८८ जना महाधिवेशन प्रतिनिधिहरू ९कुलको ५४।५८ प्रतिशत० ले २०८२ असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थियौं। सोही सिलसिलामा पुस ११ गते स्मरणपत्र र पुस २१ गते पुनः ध्यानाकर्षण गराएका थियौं।

 

पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको छ र यसले लिने हरेक निर्णयहरूले आफैंमा वैधता प्राप्त गर्दछन्।

हामीले स्पष्ट रूपमा उल्लेख गरेका थियौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७९१० अनुसार २०८२ मंसिरभित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्छ। यदि त्यो सम्भव नभए १७ ९२० बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ।
यसैबीच पार्टीले २०८२ पुस २८ भित्र १५औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न हुन सकेन। यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ।
विधानको धारा १७ ९२० मा स्पष्ट बाध्यकारी व्यवस्था छ स् ुकेन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ।ुपार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना नै गरेको छैन। विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहिनु भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन ।
यसअनुसार २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्छ। विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि छैन। यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो । विधानको यो व्यवस्थालाई कार्यान्वयन गर्नु हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो।
अतः विधानको यही मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं। यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी गराउन चाहन्छौं।
पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको छ र यसले लिने हरेक निर्णयहरूले आफैंमा वैधता प्राप्त गर्दछन्।
अतः हामीलाई विश्वास छ, पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ र आयोजनाको स्वामित्व लिनेछ। विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउनु हामी सबैको साझा दायित्व हो। वर्तमान संवेदनशील घडीमा पार्टी विधानको सर्वोच्चतालाई अक्षुण्ण राख्दै नेपाली कांग्रेसको आन्तरिक एकतालाई थप सुदृढ बनाउन यो महाधिवेशन कोसेढुंगा साबित हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं। केन्द्रीय पदाधिकारीसहित पार्टीका सबै तह र निकायवाट यसमा पूर्ण योगदान र सहयोग प्राप्त हुने अपेक्षा गरेका छौं। पार्टी रूपान्तरणको यो पवित्र अभियानमा देश–विदेशमा रहनुभएका सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक, सञ्चारजगत् तथा समस्त नेपाली आमा बुवा, दिदीबहिनी तथा दाजुभाइहरूसमक्ष हार्दिक सहयोग र साथका लागि विनम्र अनुरोध गर्दछौं।

विशेष अधिवेशन महाधिवेशन आयोजना समिति र संयोजकहरु ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *