भक्तपुरका बहुमत कांग्रेस नियमित महाधिवेशनको पक्षमा
काठमाडौं, २१ पुस ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरमा नियमित महाधिवेशनको पक्षमा ७५ प्रशिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधि रहेको दाबि गरेका छन्।
सोमबार भक्तपुर कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दे थापाले कांग्रेस पार्टी एकढिक्का भएर नियमित अधिवेशनका कार्यक्रमसाथसाथ निर्वाचनका कार्यक्रमलाई अगाडि बढाउने बताए ।
आफू नेपाली कांग्रेस कार्यसम्पादन समितिको वैशाखमा केन्द्रीय अधिवेशन गर्नेगरी सार्वजनिक भएको कार्यतालिकाको पक्षमा भएको बताउँदै थापाले भने ‘केन्द्रले गरेको नीति, निर्णयको पक्षमा हामी छौं, पार्टी नीति र विधानको आधारमा हामी नियमित अधिवेशनको पक्षमा रहेको जानकारी गराउँछु ।’
भक्तपुरका दुबै निर्वाचन क्षेत्रबाट २७, २७ जनाको दरले जम्मा ५४ महाधिवेशन प्रतिनिधि छन् । जसअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ११, ११ जना महासमिति सदस्य हुन्छन् भने बाँकी महाधिवेशन १६, १६ जना प्रतिनिधि प्रत्येक निर्वाचन क्षेत्रबाट हुन्छन् ।यस आधारमा नियमित अधिवेशनको पक्षमा भक्तपुरबाट करिब ६९ प्रतिशत प्रतिनिधि खुलेर अगाडि आएको देखिन्छ ।
पत्रकार सम्मेलनमा भक्तपुरका ३७ महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सहीतको विज्ञप्ती वितरण गरिएको थियो । विज्ञप्तीमा भनिएको छ ‘देश नै गम्भीर मोडमा उभिएको बेला नेपाली कांग्रेस एक ढिक्का भएर पार्टीको नियमित महाधिवेशन गरी वडा तहदेखी केन्द्रीय तहसम्ममा नेतृत्व स्थापित गर्नु आजको आवश्यकता हो ।’
‘पार्टी भित्रका सबैखाले मत र विचार एकीकृत गरी पार्टीको नियमित महाधिवेशन गरी नेतृत्व स्थापित गर्न हामी भक्तपुर जिल्लाबाट प्रनिनिधित्व गर्ने नेपाली काग्रेसका महाधिवेशन र महासमिति सदस्यहरु सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दे नेपाल नेपाली काग्रेसको विधान २०१७ ( संशोधन र परिमार्जन सहित)मा व्यवस्था भए अनुसार केन्द्रीय कार्यसम्पादन समितिले तोकेकै मितिमा नियमित महाधिवेशन गर्न जोडदार माग गर्दछौं’ —विज्ञप्तीमा भनिएको छ ।
वक्तव्यमा देशमा विदेशी शक्तिहरुले चलखेल गरिरहेको बताउँदै भनिएको छ ‘हाल विभिन्न देशी विदेशीहरुबाट संविधानको सवैंधानिक सर्वोच्चता समाप्त गर्न प्रयासरत रहेको अवस्था छ । यो विषम परिस्थितिमा हामी कसैको पनि गतिविधि यस्ता पृष्ठपोषण गर्ने खालको हुनु हुँदैन ।’
कांग्रेसमा अहिले विशेष अधिवेशन र नियमित अधिवेशनको राजनीति चलिरहेको प्रसङ्गमा सोधिएको प्रश्नमा थापाले भने ‘भक्तपुर कांग्रेसलाई विशेष अधिवेशन बारे कुनै जानकारी छैन । म भक्तपुरका साथीहरुलाई विशेष अधिवेशनमा सहभागि नहुन आग्रह गर्दछु ।’
कांग्रेस संस्थापनपक्षको रणनीति अन्र्तगत नियमित अधिवेशनको पक्षको आवाज ठूलो बनाउने योजना अनुसार भक्तपुरले पत्रकार सम्मेलन आयोजना गर्दे नियमित अधिवेशनको पक्षमा एकमत प्रकट गरेको देखिन्छ । भक्तपुरको कांग्रेस राजनीतिमा नियमित महाधिवेशन पक्षधरको पल्ला भारी भएपनि समानान्तरमा विशेष अधिवेशनका गतिविधि पनि भैरहेका छन् । महासमिति सदस्य विष्णुराज कार्कीले सार्वजनिकरुपमा विशेष अधिवेशनमा सहभागि हुन निम्ता कार्ड सामाजिक संजालबाट वितरण गरिरहेको देखिन्छ । कतिपय प्रतिनिधिहरुले दुबै तर्फ हस्ताक्षर गरेको भक्तपुर कांग्रेस वृतमा चर्चा छ ।
नियमित अधिवेशनको पक्षमा मत जाहेर गर्नेहरु ।
१.दयामान कर्माचार्य —महाधिवेशन प्रतिनिधि
२.गणेशमान चक्रधर — महासमिति सदस्य
३.कृष्णलाल भँडेल — महाधिवेशन प्रतिनिधि
४.हरिकृष्ण श्रेष्ठ — महाविेशन प्रतिनिधि
५.सन्तोष भट्टराई — महाधिवेशन प्रतिनिधि
६.जगन्नाथ कार्की — महासमिति सदस्य
७. हरीप्रसाद नेपाल — महासमिति सदस्य
८. रुपा थापा — महाधिवेशन प्रतिनिधि
९. अन्जनादेवी मधुकर्मी —महासमिति सदस्य
१०.गोबिन्द थापा — महाधिवेशन प्रनिनिधि
११.जीवन खत्री — क्षेत्रिय सभापति
१२.उमेश खडका —महासमिति सदस्य
१३.दुर्लभ थापा — महाधिवेशन प्रतिनिधि, सभापति
१४.राजनकाजी ट्वाटी — महासमिति सदस्य
१५.पुर्ण नेपाली बिसुङ्खे —महाधिवेशन प्रतिनिधि
१६.रत्नसुन्दर खाइतु — महाधिवेशन प्रतिनिधि
१७.पुरुषोत्तम लामिछाने — महाधिवेशन प्रनिनिधि
१८.प्रमिला सुबेदी आचार्य — महासमिति सदस्य
१९.नीलकमल ध्वजु — महाधिवेशन प्रनिनिधि
२०.मदनकृष्ण श्रेष्ठ —महाधिवेशन प्रतिनिधि
२१.बाबुराजा जोशी — महासमिति सदस्य
२२.रन्जना कक्षपती — महाधिवेशन प्रतिनिधि
२३.पुस्कर खत्री — महासमिति सदस्य
२४.गंगालक्ष्मी अवाल — महासमिति सदस्य
२५.अच्यूतप्रसाद मिश्र — महाधिवेशन सदस्य
२६.पंचमाया कुटु — महाधिवेशन प्रतिनिधि
२७.रामकृष्ण परियार —महाधिवेशन प्रतिनिधि
२८.राजाराम खड्का —महासमिति सदस्य
२९.नवराज दाहाल — महाधिवेशन प्रतिनिधि
३०.श्यामकृष्ण रानाभाट — महाधिवेशन प्रतिनिधि
३१.रविना कार्की — महाधिवेशन प्रतिनिधि
३२.उद्धव सिलवाल —महासमिति सदस्य
३३.रमा कोइराला पौडेल —महाधिवेशन प्रतिनिधि
३४.नारायणभक्त ख्यामली —महाधिवेशन प्रतिनिधि
३५.रामकाजी चक्रधर —महाधिवेशन प्रतिनिधि
३६.संगिता थापा — महासमिति सदस्य
३७.सुभद्रा काफ्ले —महासमिति सदस्य
