कांग्रेस नै द्वन्द्व र विभाजनमा फँस्यो भने चटके र लोकतन्त्रलाई नस्विकार्नेहरुको कब्जामा नेपाल पुग्नेछ ।

नेपालको सकृय राजनीतिक दलहरु मध्यमा सबैभन्दा पुरानो दल हो(नेपाली कांग्रेस । इतिहासमा फर्किने हो भने जुनजुन बेला कांग्रेस कमजोर, विभाजित, अन्यौलग्रस्त भयो त्यहीबेला लोकतन्त्र हरण भएको छ ।
२०१७ सालमा कांग्रेस आन्तरिक द्वन्द्वमा परेकै बेला तत्कालिन राजा महेन्द्रले पंचायती व्यवस्था सुरु मात्र गरेनन्, सारा दलमाथि प्रतिवन्ध लाग्यो ।
२०५१ पछि कांग्रेसमा छत्तीसे(चौहत्तरेको द्वन्द्वले माओबादीले विस्तार हुने मौका पायो । त्यो द्वन्द्व नभएको भए २०५१ मा गिरिजाले प्रतिनिधि सभा विघटन पनि गर्दैनथे, न त मध्यावधि भएर तत्कालिन संयुक्त जनमोर्चा संसदमा शुन्य हुने अवस्था आउँथ्यो । त्यहि कारण देश १० वर्षको हिंसा, द्वन्द्वमा फँस्यो ।
त्यहीबीच २०५९ मा कांग्रेसको द्वन्द्वले गर्दा प्रतिनिधि सभा विघटन मात्र गरेनन् देउवाले । माथि चढ्न लिस्नु खोजिरहेका तत्कालिन राजा ज्ञानेन्द्रलाई गतिलै भऱ्यांग दिए देउवाले । कांग्रेस विभाजित भएर देउवाको नेतृत्वमा नेपाली कांग्रेस ९प्रजातान्त्रिक० जन्मियो । राजा ज्ञानेन्द्रले ‘अक्षम’ भन्दै संबिधानमै नभएको प्रावधानमा टेकेर देउवालाई बर्खास्त गरे । त्यसलाई प्रतिगमनका नामले इतिहासमा चिनिन्छ ।

महाधिवेशन ठूलो कुरा होइन, नियत हो । एमालेले एक महिना गर्न सक्ने महाधिवेशन कांग्रेसले चाह्यो भने १५ दिनमा सक्छ ।कथंकदाचित कांग्रेस विभाजन भयो भने फेरि अर्को कू को संभावना नहोला भन्न सकिदैन ।

२०६१ सालमा देउवालाई फेरि राजाले प्रमं बनाए । देउवा ‘प्रतिगमन आधा सच्चियो’ भन्दै शपथ गर्न पुगे । एमाले पनि साथ लागेर सरकारमा सामेल भयो ।
तर २०६१ माघ १९ गते काँग्रेस कमजोर भएको देखेर ज्ञानेन्द्रले दल माथि प्रतिबन्ध, टेलिफोन ईन्टरनेट बन्द, मिडिया हाउसमा सेना परिचालन गरे । दलका ९० प्रतिशत नेता जेल परे । लोकतन्त्रको बलियो आवाज उठाउने कांग्रेस तीन चीरा थियो । स्वयम् विपी कोईरालाका विराशत भनिएका जेठा छोरा प्रकाश राजाको अध्यक्षताको मन्त्रीमण्डलमा बसे ।
त्यसपछि दुई कांग्रेस एक भएर मात्र नसक्ने भएर एमाले, माओवादी, सारा वामपन्थीहरु एक हुँदै दोस्रो जनान्दोलन भयो ।
इतिहासमा कांग्रेसकै कारण लोकतन्त्रको पटक पटक हरण भएको छ, कांग्रेस कमजोर भएको वा आन्तरिक द्वन्द्वमा परेको मौका छोपेर प्रजातान्त्रिक हक अधिकार कुण्ठित बनाइएको छ । तर लोकतन्त्ररप्रजातन्त्रको पुनर्वहाली गर्न चाहि सारा दलहरु एक ठाउँमा आएर मात्र सफल भएको ३र४ वटा घटनाले पुष्टी गरिसकेको छ ।

यसपटक महाधिवेशनको विषयमा कांग्रेस भित्र चीरा देखिएको छ । यसले फेरि नेपालमा लोकतन्त्र रहला या नरहला भन्ने चासो र चिन्ता विश्व समुदायले हेरिरहेको छ । महामन्त्री गगन थापा, विश्व प्रकाश शर्मा लगायतको टीम पार्टी विधान र आन्तरिक लोकतन्त्रले चल्नुपर्छ भन्ने पक्षमा देखिन्छन् भने सभापति देउवा लगायत संस्थापन पक्ष पेलेरै जाने मुडमा छन् ।

यसपटक महाधिवेशनको विषयमा कांग्रेस भित्र चीरा देखिएको छ । यसले फेरि नेपालमा लोकतन्त्र रहला या नरहला भन्ने चासो र चिन्ता विश्व समुदायले हेरिरहेको छ । महामन्त्री गगन थापा, विश्व प्रकाश शर्मा लगायतको टीम पार्टी विधान र आन्तरिक लोकतन्त्रले चल्नुपर्छ भन्ने पक्षमा देखिन्छन् भने सभापति देउवा लगायत संस्थापन पक्ष पेलेरै जाने मुडमा छन् ।
महाधिवेशन ठूलो कुरा होइन, नियत हो । एमालेले एक महिना गर्न सक्ने महाधिवेशन कांग्रेसले चाह्यो भने १५ दिनमा सक्छ ।
कथंकदाचित कांग्रेस विभाजन भयो भने फेरि अर्को कू को संभावना नहोला भन्न सकिदैन । किनकी कांग्रेस र एमाले बाहेक लोकतन्त्र प्रति प्रतिवद्ध अरु कुनै दल छैनन् । अरु दलले भन्नलाई ‘लोकतन्त्रवादीरबहुलवादी हौँ’ भनेका हुन् । भित्री रुपमा अरु बाँकी सबै दलमा न आन्तरिक डेमोक्रेटिक अभ्यास छ, न लोकतन्त्रको निम्नतम आधारभूत तथ्यहरु प्रति पूर्ण प्रतिवद्ध नै देखिन्छन् ।
कांग्रेस विभाजन नहोस् । हाम्रो पुस्ताका आशलाग्दा गगन, विश्वप्रकाश, अजय शिवाकोटी, रमेश महत लगायतको नीति र नेतृत्व यो दलले पायो भने अरु जुनसुकै हुरी(बतासलाई लोकतन्त्रले थेग्न सक्छ । कांग्रेसमा लोकतन्त्र बलियो भयो भने एमाले लगायतका दलहरु पनि सुध्रिन र त्यहि बाटो पछ्याउन वाध्य हुन्छन् । कांग्रेस नै द्वन्द्व र विभाजनमा फँस्यो भने चटके र लोकतन्त्रलाई नस्विकार्नेहरुको कब्जामा नेपाल पुग्नेछ ।
चुनाव हुनु मात्र लोकतन्त्र होइन, लोकतन्त्रको आधारभूत मुल्य र मान्यतालाई अवलम्वन नगरेसम्म लोकतन्त्र मान्न मिल्दैन ।

नोटः  पत्रकार रामचन्द्र भट्टको फेसबुक पोष्ट – फेरि अर्को खसखससबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *