पाँचपाँच पटक प्रधानमन्त्री, दूई कार्यकाल पार्टी सभापति भएको ओजपूर्ण इतिहासलाई आत्मसात गर्दे सत्ताहस्तान्तरणको शान्तिपूर्ण बाटो अख्तियार गर्नु नै देउवाको हीतमा छ । यही मार्गले सम्मानीत नेता बन्ने वातावरण बनाउँछ ।
समाचार टिप्पणी
काठमाडौं, १८ पुस ।
कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा नियमित अधिवेशन स्थगित गर्दे विशेष अधिवेशनको अभियानमा जुटेको पृष्ठभूमिमा शुक्रबार अपराह्न कांग्रेस कार्यसम्पादन समितिको बैंठक बस्दैं छ ।
महामन्त्रीहरुले, महामन्त्रीहरुको हैसियतमा नियमित अधिवेशनका सबै कार्यतालिका पछि बस्ने केन्द्रीय समितिले अनुमोदन गर्ने भन्दै स्थगित गरेको सूचना सार्वजनिक गरेको केही घण्टापछि  कांग्रेसले राती ९ बजेपछि कार्यसम्पादन समितिको बैंठकबारे सार्वजनिक जानकारी गराएको थियो । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा भनिएको छ ‘‘ंकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ पौष १८ गते शुक्रबार  दिनको ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’
कांग्रेस सम्पादन समितिको बैंठक बस्ने छ संभवत आज बस्दैंछ । के यो बैंठकले पार्टीमा देखिएका गतिरोधहरुको सम्बोधन गर्ला ? कुनै पनि अधिवेशन नगर्ने रणनीतिमा रहेको कांग्रेस संस्थापनपक्ष लचिलो होला ? विशेष अधिवेशनको दबावमा नियमित अधिवेशनको कार्यतालिका ल्याउन वाध्य कांग्रेस संस्थापनपक्ष यतिखेर विशेष अधिवेशनबालाहरु सक्रियताकासाथ अगाडि बढेको अवस्थामा कुनरुपमा प्रस्तुत हुने हुन् ? अन्यौलग्रस्त कांग्रेसको राजनीतिक माहौलमा कांग्रेस संस्थापनपक्षको रणनीति के ? कांग्रेसको मात्र होइन, यी यावत प्रश्नहरु नेपालको जेठो र लोकतान्त्रिक परिचय कमाएको पार्टी कांग्रेससँग आम लोकतान्त्रिक समुदायले गरिरहेको छ ।
कांग्रेस पार्टी यतिखेर गंभिर मोडमा छ । वर्तमान केन्द्रीय समितिको म्याद सकिसकेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेको विशेष अधिवेशन पार्टी विधान अनुसार पुष २९ सम्म बोलाउनुपर्ने वाध्यता केन्द्रीय समितिलाई छ ।र, फागुन २१ मा तोकिएको निर्वाचन अगाडि अधिवेशन गर्ने र चुनाव पछि गर्ने भन्ने अह्म राजनीतिक प्रश्नमा अहिलेसम्म विभाजित कांग्रेस विभाजित अब एउटा निचोडमा पुग्नुपर्ने वाध्यता छ।
अह्म र अंहकारमा रमाउँदै गुटकै अडानमा जडभरत हुने हो भने देउवा कांग्रेसका समापतिहरुको पङ्तीमा कुनरुपमा सम्मानीत हुने हुन् ? उत्तर कांग्रेसजनको जिम्मा । 
संस्थापन पक्ष भनिने पार्टी सभापति शेरबहादुर पक्ष चुनाव अगाडि अधिवेशन नगर्ने रणनीतिमा प्रारम्भ देखी नै थियो । विशेष अधिवेशन आव्हानकर्तालाई त्यत्तिकै अलमलमा राखेर, म्याद गुजार्ने राजनीति विपरित महामन्त्रीद्धय जोखिम मोल्दै विशेष अधिवेशनको मार्गमा अघि बढेका छन् ।
के आज कार्यसम्पादन समितिको बैंठकले वर्तमान गतिरोध अन्त्य गर्ने हो ? नियमित अधिवेशनको तालिका अनुसार, पुष १६ गतेनै वडास्तरीय अधिवेशन सम्पन्न भएर नगर, क्षेत्रिय, प्रदेश र केन्द्रीय अधिवेशन पुष २७—२९ मा गर्ने भनिएको थियो ।
संस्थापनपक्षले नियमित अधिवेशन आलटाल गर्दे अघि बढ्ने रणनीति विरुद्ध विशेष पक्षधरले पुष ११ मा केन्द्रीय समितिमा स्ममरण पत्र समेत बुझाएका थिए । महामन्त्री गगन थापाले वडा, क्षेत्रिय र केन्द्रीय अधिवेशनमात्र सम्पन्न गर्नुपर्ने प्रस्ताव कार्यसम्पादन समितिमा राखिसकेका छन्। नियमित अधिवेशन गर्ने हो भने गगनको प्रस्तावमा छलफल गर्दे निर्णयमा पुग्न सकिन्छ । कांग्रेसका सामुन्ने अहिले धेरै विकल्प छैनन् । वडा, क्षेत्रिय अधिवेशन सम्पन्न गरेर पुष अन्तिमा महाधिवेशन गर्नसक्ने समय छ, इच्छाशक्ति भएमा । अर्को विशेष अधिवेशनलाई कांग्रेस संस्थापनले आत्मसात गर्नुपर्र्यो । ति, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको कांग्रेसको नीति र नेतृत्व परिवर्तन गरेरमात्र चुनावमा होमिने अभियानमा सहभागि हुनु पर्यो ।
चुनावमा संस्थापनपक्षका कमाण्डर देउवा र उनका सीमित सहयोगी मात्र होइन, कांग्रेस जानुपर्दछ मतदाता सामु । गुट कि पार्टी ? के रोज्ने? देउवादल अब विशेष अधिवेशनले सामुन्ने ल्याएका यस्ता प्रश्नको सम्मान गरौं । पाँचपाँच पटक प्रधानमन्त्री, दूई कार्यकाल पार्टी सभापति भएको ओजपूर्ण इतिहासलाई आत्मसात गर्दे सत्ताहस्तान्तरणको शान्तिपूर्ण बाटो अख्तियार गर्नु नै देउवाको हीतमा छ । यही मार्गले सम्मानीत नेता बन्ने वातावरण बनाउँछ । होइन, अह्म र अंहकारमा रमाउँदै गुटकै अडानमा जडभरत हुने हो भने देउवा कांग्रेसका समापतिहरुको पङ्तीमा कुनरुपमा सम्मानीत हुने हुन् ? उत्तर कांग्रेसजनको जिम्मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *