काठमाडौं, १७ पुस ।
नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन अनिश्चित बनेको पृष्ठभूमिमा विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्ने घोषणा गरेका छन् । बिहिबार जारी गरिएको विज्ञप्तीमा विशेष महाधिवेशन सम्बन्धी वैधानिक दायित्व भन्दै विशेष महाधिवेशन संभव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने छ ।
विज्ञप्तीमा भनिएको छ ‘ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो । तर, नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुननसक्ने अवस्था सृजना भएपछि फेरी पनि विकल्पकारुपमा विशेष महाधिवेशनै अघि आएको छ ।’
पार्टी विधानको दफा १७(२ंं विशेष महाधिवेशन सम्बन्धी मागालाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो । उक्त जिम्मेवारी अन्र्तगतका कार्यहरु संभव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने छ ।
नियमित महाधिवेशन स्थगन÷विकल्प विशेष महाधिवेशन शीर्षको वक्तव्यको प्रारम्भमा क्रियाशील सदस्यता सम्बन्धी विस्तृत विवरण दिइएको छ । वक्तव्यमा क्रियाशील सदस्यता सम्बन्धी काम अगाडि बढिसकेको अवस्थामा पनि पार्टीको संस्थापन पक्षले महत्व नदिएको संकेत दिइएको छ । कांग्रेसको मंसिर १५ को बैंठकले पुस २७—२९ सम्म १५ औं महाधिवेशन काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको थियो ।र, सोही अनुसार क्रियाशील सदस्य तथा विभिन्नतहमा अधिवेशनको कार्यतालिका प्रकाशन गरेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *