सङ्लोन्यूज
काठमाडौं, १७ पुस ।
नेपाल भौगर्भिक सभाज –Nepal Geological society -NGS ले सन् २०२६ को नोभेम्बर १९—२१ (२०८३ मंसिर ३—५) मा NGS-12 औं कंग्रेस आयोजना गर्ने निधो गरेको छ ।एनजिएसले बिहिबार १२ औं कंग्रेसको कार्यक्रम तालिका सार्वजनिक गरेको छ । ‘हिमालयको भूगर्भ तथा पहाडी भूविज्ञान मुल शीर्षकमा हुने अन्तराष्ट्रिय सम्मेलनमा, हिमालयन टेक्टोनिक, प्राकृतिक प्रकोप, पूर्वाधार विकास, जलश्रोत तथा डिजिटल जियोसाइन्ससँग सम्बन्धित कार्यपत्रहरु माथि छलफल हुने कार्यक्रम छ ।


हिमालयको अध्ययन, अनुसन्धानमा लागेका नेपाली तथा उल्लेख संख्यामा विदेशी विशेषज्ञ, प्राज्ञ, भौगर्भिक वैज्ञानिकहरुको कंग्रेसमा सहभागि हुने विगत देखीको परम्परा छ । १२ औं कंग्रेसमा भाग लिने कार्यपत्र पेश गर्नेहरुका लागि एनजिएसले समयसीमा तोकेको छ । जस अनुसार, आगामी मार्चमा कार्यपत्रको एब्ट्रयाक्ट पेश गर्ने समय खुल्ने छ । जुन सम्ममा एब्ट्रयाक्ट पेश गर्नुपर्ने हुन्छ । सम्मेलनमा भाग लिन चाहनेहरुका लागि सेप्टेम्बर देखी आवेदन खुला गरिने  छ।
एनजिएस नेपालमा विज्ञानसम्मत संस्थाहरुबीच वैज्ञानिक अनुसन्धानमा केन्द्रीत सक्रिय संस्था हो । यसले वर्षोदेखि  अन्तराष्ट्रिय स्तरको कंग्रेस लगायतका भूगर्भसँग सम्बन्धित सम्मेलन आयोजना गर्दे आएको छ भने अन्तराष्ट्रिय स्तरको जर्नल पनि नियमित प्रकाशन गर्दे आएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *