राष्ट्रियसभा बैंठकबारे प्रधानमन्त्री राष्ट्रियसभा अध्यक्षको भेटवार्ता
सङ्लोन्यूज
काठमाडौं, १४ पुस ।
प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गर्दे राष्ट्रियसभाको अधिवेशन बोलाउन माग गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेट भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
कर्यालयका अनुसार भेटका क्रममा आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत विषयमा कुराकानी भएको थियो।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिवेशन बोलाउन र सुविधा कटौती पनि नगर्न आग्रह गर्नुभएको बताइएको छ ।
राष्ट्रियसभाको बैंठक बोलाउन नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलले अध्यक्ष माथि दबाव बढाउँदै आएको छ । पार्टीका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले हालैमात्र राष्ट्रियसभा बोलाउन आवश्यक भएको भन्दै दलको निर्णय सहीत विज्ञप्ती प्रकाशीत गरेका थिए ।
