निकोलसको स्वास्थ अवस्था गंभिर : जीवन रक्षा गर्न चिकित्सक संघको माग
काठमाडौं, १४ पुस ।
जेनजि आन्दोलनका क्रममा हत्याका दोषिलाई कारवाही लगायत प्रधानमन्त्री, गृहमन्त्रीको राजीनामा , प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्था लगायतका माग गर्दे आमरण अनसनमा बसेका डा.कमल भुसाल(निकोलस भुसाल)को अवस्थालाई लिएर चिकित्सक संघले जीवन रक्षाको माग गरेको छ ।
यही पुस ८ गतेदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बसेका भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएको संघले जनाएको छ ।
संघका महासचिव डा। सन्जिब तिवारीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘“हरेक नेपालीको स्वस्थ रूपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा। भुसालको जीवनरक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,” ।
डा। भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निनेलगायत स्वास्थ्य समस्या देखिएको संघले जनाएको छ। “विगत सात दिनदेखि आमरण अनशनमा बस्नुभएका डा। भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निनेलगायत विभिन्न स्वास्थ्य समस्याहरू देखापरेका छन्,” विज्ञप्तिमा भनिएको छ, “उहाँको अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण उहाँको स्वास्थ्यमा थप जटिलताहरू देखापर्दै गएको अवस्था छ ।”
डा। निकोलस भुसाल ले राखेका मागहरु ः आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही, पक्राउ परेकाको रिहाइ, भ्रष्टाचार छानबिन, संविधान संशोधन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा ।
