काठमाडौं, १४ पुस ।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले पूर्व न्यायाधीस गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगमा सोमबार बयान दिएका छन् । भदौं २३, २४ गते जेनजि अभियानको क्रममा भएको दमन र जेनजिकै नाममा भएको विंध्वंशको सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्न अशोज ५ मा कार्की अध्यक्षतामा आयोग गठन भएको थियो ।
जेनजि आन्दोलन प्रारम्भ भएको दिनसम्मका गृहमन्त्री लेखकले मन्त्रीको हैसियतमा आफूले कुनै किसिमको दमन, हिंसा नहोस् कोही कसैको मृत्यु नहोस् भन्ने निर्देशन सुरक्षा निकायलाई दिएको जिकिर बयानपत्रमा गरेका छन् । जेनजि अभियानर्ताहरुका जायज मागको आडमा स्वास्र्थी समुहले घुसपैंठ गरेर मुलुकभर विध्वशं मच्चाएको निचोड लेखकले निकालेका छन् ।
जेनजि आन्दोलनको पहिलो दिन बानेश्वर स्थित संसद भवन माथि आक्रमण पछि भएको प्रहरी कारवाहीमा युवा विद्यार्थीहरुको ठूलो संख्यामा हताहत र घाइते भएपछि लेखकले नैतिक जिम्मेवारी लिदै गृहमन्त्री पदबाट राजीनामा गरेका थिए ।
आयोग समक्ष लेखकले दिएको बयानमा जेनजि आन्दोलनको क्रममा भएका विध्वंशका घटनाहरुको समेत छानविन गरी सत्यतथ्य निकाल्न सुझाएका छन् । जेनजि पुस्ताले असल नियतले राखेका राखेका मागहरु र विध्वंशलाई फरक ढंगले हेर्नुपर्ने माग लेखकको छ ।
लेखकले बयानमा भनेका छन् ‘जेनजि पुस्ताको असल मनोभावनामा घुसपैठ भएर जसरी जे जस्ता दुःखद् घटना भए र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनाहरु माथि जसरी आक्रमण भए, त्यो तत्कालीन आवेगको उपज थियो भन्नु ति पवित्र मनोभाव भएका युवाहरु प्रति नै अन्याय हुन्छ । तसर्थ, भदौ २४ गतेका घटनालाई युवाको माग भन्दा पृथक ढंगले हेर्नु पर्दछ र आपराधिक कार्यमा संलग्न जो सुकैलाई कारवाही गर्नु पर्दछ भन्ने म ठान्दछु । आयोगले प्रदर्शनमा कस्ले कसरी घुसपैठ गर्यो भन्ने बिषयलाइ पनि अत्यन्त सुक्ष्म ढंगले अनुसन्धान गर्न आवश्यक छ । आयोगले बर्तमान र भबिष्य दुबैका लागि यस बिषयमा गम्भिरतापूर्वक हेर्नेछ भन्ने मेरो विश्वास छ ।’
लेखकले जाँचबुझ आयोगलाई सुझाव दिदैं बयानमा भनेका छन् ‘देशमा भएको यो अकल्पनीय घटना बारे स्वच्छ, निष्पक्ष र पूर्वाग्रहरहित ढंगबाट जाँचबुझ, छानविन गरी घटनाको सत्य, तथ्य पत्ता लगाई वास्तविकता उजागर गर्नुका साथै भोलीको सन्ततीका लागि यो आयोगले उचित मार्ग निर्देश गर्न सकोस् भन्ने कामना गर्दछु ।’
लेखकले आयोगमा दिएको बयानको (पूर्णपाठ)

final-draft-ramesh-lekhak


Leave a Reply

Your email address will not be published. Required fields are marked *