काठमाडौं, १२ पुस ।
नेपाली कांग्रेसले पार्टीका बिद्रोहीहरुलाई माफी दिदैं पार्टी परित्याग गरेकाहरुलाई घर फर्कन आग्रह गरेको छ । पार्टीको कार्य सम्पादन समितिको शनिबार बसेको बैंठकले विगतका निर्वाचनहरुमा पार्टीका र पार्टीका समर्थन गरेका उम्मेदवारहरु विरुद्ध कामकारवाही गरेकाहरुलाई आगामी दिनमा पार्टी हित विपरित हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै माफी दिएको हो ।
बैंठकले समानुपातिक ११० जना उम्मेदवारको मापदण्डको सूचि तयार पार्ने प्रकृया प्रारम्भ गरेको जनाउँदै तीनवटा निर्णय गरेको छ । जसमा अनशासन समितिको निर्णयको सम्बन्धमा, पार्टी परित्याग गर्नेहरुलाई घर फर्कन आग्रह गर्ने र वौद्धिक र व्यवसायिक क्षेत्रलाई आह्वान
गर्ने निर्णय गरेको छ ।
बैंठकपछि जारी विज्ञप्तीमा भनिएको छ

अनुशासन समितिको निर्णय सम्वन्धमा 
१. वर्तमान विकसित राजनीतिक अवस्था र आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै पार्टीलाई सुसंगठित बनाउँदै पार्टी भित्र बृहत एकता कायम गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससंगै संविधानको रक्षा गर्नु पर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी आगामी दिनमा पार्टी हित विपरित हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै देहाय बमोजिमको निर्णय गरिएको छ ।
क. विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कार्वाहीमा परेकाहरुको बाँकी अवधि माफी÷मिनाहा गर्ने निर्णय गरिएको छ ।
ख. यसरी कार्वाही माफी/मिनाहा भएका व्यक्तिहरुको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ ।

२.पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान
विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ । त्यसरी फर्किने साथीहरुलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।

३.वौद्धिक र व्यवसायिक क्षेत्रलाई आह्वान
विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रहि राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरुलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ । आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि वौद्धिक र व्यवसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय नेपाली कांग्रेस गर्दछ ।
कांग्रेस कार्य सम्पादन समितिको बैंठक आइतबार बस्ने वक्तव्यमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *