चुनावमा भाग लिने, वातावरण बन्नुपर्ने नेताको माग
काठमाडौं, १२ पुस:
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफलमा नेताहरुले आफूहरु चुनावमा सहभागि हुन तयार रहेको बताएका छन् ।
शनिबार प्रधामन्त्री निवास भएको छलफलमा राजनीतिक दलहरु चुनावका लागि तयार अवस्थामा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बैंठक पछि प्रधानमन्त्री कार्यलयले जारी गरेको गराएको प्रेस विफ्रिङ्गमा भनिएको छ :
आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन्।
आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’
बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।
