प्रधानमन्त्री, दलका शीर्ष छलफलमा
काठमाडौं, १२ पुस:
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्षबीच चुनावी वातावरण बनाउने विषयमा केन्द्रीत वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको निम्तोमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपि शर्मा ओली र नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको वार्ता चलिरहेको छ । वार्तामा संचार तथा सूचना मन्त्री जगदीश खरेल पनि सहभागि छन् ।
प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुको चिसो सम्बन्ध अहिले सुधारिएको छ । पुस ८ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री समेत दलका नेताहरुसँग वार्ता गरेका थिए । पौडेल दल र प्रधानमन्त्रीबीचको सम्बन्ध सुधारको सेतु बनेका थिए र त्यसै बेला थप वार्ता सरकार र दलहरुबीच हुनुपर्ने सुझाव दिएका थिए ।
शीर्षहरुको वार्ताको वातावरण बनाउन शुक्रबार संचार मन्त्री जगदीश खरेलले देउवा, ओली र दाहालसँग बेग्लाबेग्लै भेटवार्ता गर्दे । भेटघाटलाई महत्वकासाथ प्रचारमा ल्याएका थिए ।
