विशेष पक्षधरको स्ममरणपत्र : विशेष अधिवेशन वैधानिक अधिकार
कांग्रेस संस्थापन पक्ष दबाव छ यतिखेर, नियमित अधिवेशन गर्न बिलम्ब र व्यवधान गर्दा विशेष वाध्यकारी बन्ने निश्चित छ । विशेष पक्ष भन्छन- हामी पुन स्पष्ट पार्न चाहन्छौं, विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधीको विशेष वैधानिक अधिकार हो ।
काठमाडौं, ११ पुस ।
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको जारी छलफलमा संस्थापनपक्ष तोकिएको मितिमा महाधिवेशन नगर्ने र विशेष अधिवेशन समेत त्यत्तिकै टार्ने मनस्थितिमा प्रस्तुत हुन थालेपछि विशेष अधिवेशन पक्षधरहरुले पार्टीमा स्मरणपत्र बुझाएका छन् ।
पार्टीका कार्यवाहक सभापति पूर्ण खडकालाई सम्बोधन र महामन्त्रीलाई वोधार्थ गरिएको पत्रमा भनिएको छ ‘विशेष राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थप सुढृढ, गतिशील र जनभावना अनुरुपको बनाउन समसामयिक नीति निर्माण गर्न तथा नयाँ उर्जा र नेतृत्वसहीत पार्टीको पुननिर्माणका लागि विशेष निर्णय गर्न महाधिवेशन अपरिहार्य भएको हामी सबैले महसुस गरेका छौं । यसै सन्दर्भमा विधानले तोकेको समयसीमा २०८२ मंसिर भित्र १५ औं महाधिवेशन गरियोस, अन्यथा पार्टी विधानको धारा १७.(२)बमोजिम विशेष महाधिवेशन आव्हान गरियोस भनि हामी २,४८८ जना महाधिवेशन प्रतिनिधिहरु( ५४ दशमलव ५८) प्रतिशतको हस्ताक्षर सहीत २०८२ अशोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेको विदितै छ ।
हामीले बारम्बार ध्यानाकर्षया गराउँदै आएका छौ कि तोकिएको समयमा १५ औं महाधिवेशन नभएर स्वतः विशेष महाधिवेशन हुनुपर्दछ । यसका लागि हाम्रो माग जिवित तथा सक्रिय छ
स्ममरणपत्रमा विशेष महाधिवेशन माग गर्नेहरुले आफूहरु नियमित महाधिवेशनकै पक्षमा रहेको स्पष्ट गर्दे पत्रमा भनिएको छ ‘हामी विशेष महाधिवेशन हस्ताक्षरकर्ताले निवेदन दर्ता गर्दा स्पष्ट भनेका थियौं (नेपाली कांग्रेस कार्यसमितिले विधानको धारा १७(१) बमोजिम २०८२ मंसिर भित्र नै १५ औं महाधिवेशन गर्नुपर्दछ । यदी यो सभव नभए धारा १७(२) बमोजिम विशेष महाधिवेशन आव्हान गरी विषम परिस्थितिलाई सम्बोधन गर्न अनिवार्य छ । तसर्थ, विशेष महाधिवेशन सुनिश्चित गरियोस ।’
आफूहरुले गरेको माग जिवित र सक्रिय रहेको बताउँदै पत्रमा भनिएको छ ‘त्यसयता हामीले बारम्बार ध्यानाकर्षया गराउँदै आएका छौ कि तोकिएको समयमा १५ औं महाधिवेशन नभएर स्वतः विशेष महाधिवेशन हुनुपर्दछ । यसका लागि हाम्रो माग जिवित तथा सक्रिय छ ।’
माग पार्टीको लोकतान्त्रिक मूल्यमान्यता, विधानको सम्मान तथा कार्यान्वयन र राष्ट्रिय आवश्यकतासँग जोडिएको छ । यसलाई अभिलम्ब सम्बोधन गरी नेपाली कांग्रेसलाई नयाँ उर्जा (एकता र दिशा सहीत अघि बढाउन हार्दिक अनुरोध गर्दछौं ।
स्मरणपत्रमा केन्द्रीय समितिलाई शंकाको सुविधा दिएको चर्चा गरिएको छ । पत्रमा भनिएको छ ‘यसबीचमा पार्टीले तय गरेको १५ औं महाधिवेशनको कार्यतालिका प्रथम दृष्टिमै अविश्वसनीय हुँदाहुँदै पनि केन्द्रीय कार्यसमिति आफैले गर्नसक्छौं भनिसकेपछि शंकाको सुविधा सहीत केही हप्ता हेयौै पर्खियौं । तर अब आएर पार्टीको लामो केन्द्रीय कार्यसमिति बैंठक तथा त्यसपछिका घटनाक्रमहरुले स्पष्ट पुष्टी गरिसकेका छन् कि विधान बमोजिम तोकिएको अवधि भित्र १५ औं महाधिवशेन सम्पन्न गर्ने कुनै गंभिर प्रयास वा नियत भएको देखिएन,पाइएन ।’
पत्रको विस्तृत
विधानको धारा १७ (२ )मा उल्लेखित वाध्यात्मक अवस्था(केन्द्रीय महाधिवशनका ४० प्रतिशत सदस्यहरुले केन्दीय महाधिवेशनको बैंठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्ने छ ।)लाई अनिवार्य कार्यान्वयन गर्न पुनः स्ममरण गराउन चाहन्छौं ।
यो माग पार्टीको लोकतान्त्रिक मूल्यमान्यता, विधानको सम्मान तथा कार्यान्वयन र राष्ट्रिय आवश्यकतासँग जोडिएको छ । यसलाई अभिलम्ब सम्बोधन गरी नेपाली कांग्रेसलाई नयाँ उर्जा (एकता र दिशा सहीत अघि बढाउन हार्दिक अनुरोध गर्दछौं । हामी पुन स्पष्ट पार्न चाहन्छौं, विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधीको विशेष वैधानिक अधिकार हो ।
विधानले तोकेको समयसीमा (३ महिना अर्थात २०८२ पुस २८ भित्रै विशेष अधिवेशन अनिवार्यरुपमा सम्पन्न गर्नेपर्छ । अत विधानको धारा १७, २ बमोजिम विशेष महाधिवशेनका मिति र स्थान तोक्ने निर्णय गर्न र अभिलम्ब विशेष महाधिवेशन प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछौं ।

