काठमाडौं, १० पुस ।
नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न माग गरेको छ । राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैंठकले बद्लिएको विषम परिस्थितिमा जनताका आवाजहरु उठाउने राष्ट्रियसभा मात्र कायम रहेको अवस्थामा अबिलम्ब राष्ट्रियसभाको अधिवेशन बोलाउनुपर्ने भनेको छ ।

कांग्रेसले जारी गरेको वक्तव्यमा भनिएको छ ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ ।’

बैंठकले केही समययता निधन भएका नेपाली कांग्रेसका नेताहरुको निधनमा श्रद्धान्जली अर्पण गरेको छ । वक्तव्यमा भनिएको छ‘ पूर्व राज्यमन्त्री एवं संविधान सभा सदस्य गणेशबहादुर खड्का, पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री, नेपाली कांग्रेस बाग्लुङका पूर्व जिल्ला सभापति एवं नेपाली कांग्रेस जेष्ठ राजनीतिज्ञ सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कण्डेल, संविधानसभा सदस्य माननीय रामअयोध्या प्रसाद यादव, वरिष्ठ राजनीतिज्ञ एवं पूर्व मन्त्री अच्युतराज रेग्मी, पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधान सभा सदस्य माननीय खड्गबहादुर बस्याल, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री ऋषिकेश गौतम, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहम्मद आफ्ताव आलम, राष्ट्रिय सभाका पूर्व सदस्य एवं नेपाल महिला संघ चितवनकी पूर्व अध्यक्ष प्रजातन्त्र सेनानी कृष्णकुमारी श्रेष्ठ र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति नेपाली कांग्रेस संसदीय दलको यो बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।’

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *