कांग्रेस कार्यसम्पादन समिति बैंठक केही दिन लम्बिने, पर्दा पछाडिबाट खेल्दैं देउवा
कार्यवाहक सभापति पूर्णबहादुर खडका अधिकारविहीन भूमिका छन् । बैंठक बोलाउने प्रयोजनका निम्ति मात्र उनको प्रयोग भैरहेको चर्चा कांग्रेको वृत बाहिर आइसकेको छ ।
समाचार विश्लेषण
काठमाडौं, ९ पुस ।
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैंठक केही दिनसम्म चल्ने देखिएको छ । बुधबार अपराह्नदेखी सुरु भएको बैंठकमा पस्तुत भएका विविध एजेण्डा, कांग्रेस भित्र प्रतिनिधिसभा निर्वाचन पहिला कि पार्टी महाधिवेशन पहिला भन्ने प्रश्न विद्यमान रहेको र क्रियाशील सदस्यता सम्बन्धी बिलम्ब भैरहेको पृष्ठभूमिमा कार्यसम्पादन बैंठक लम्बिने देखिन्छ ।औपचारिकरुपमा बुधबारदेखी सुरु बैंठक बिहिबारसम्मका लागि स्थगित भएको सूचना छ ।
पार्टी भित्र देखिएका पेचिला यी राजनीतिक प्रश्नहरुबीच पार्टी सभापति शेरबहादुर देउवाले पर्दापछाडीबाट पार्टी चलाइरहेको छद्म राजनीतिबारे प्रश्न उठन थालेको छ । जसले कांंग्रेस औपचारिक बैंठकबाट मात्र सहज निर्णयमा पुग्नसक्ने देखिदैंन । कार्यवाहक सभापति पूर्णबहादुर खडका अधिकारविहीन भूमिका छन् र बैंठक बोलाउने प्रयोजनका निम्ति मात्र उनको प्रयोग भैरहेको चर्चा कांग्रेको वृत बाहिर आइसकेको छ ।
पार्टी भित्रको आन्तरिक राजनीतिको माग अनुसार कसकसले कति बोल्ने भन्ने चलन पार्टीमा स्थापित छ । कारण, कांग्रेस पार्टी पद्धति र संस्कार भन्दा गुटपरस्त राजनीतिको अभ्यासमा बढी रुची राख्दै आएको देखिन्छ, केही वर्ष यता ।
फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचन हुुने तय छ र त्यसका लागि पुष १३ गतेसम्ममा समानुपातिकको लिस्ट बुझाउनुपर्ने म्याद छ । कांग्रेसको संसदीय समिति गठन भैनसकेकोले चालु कार्यसम्पादन समितिबाट समानुपातिकको लिस्ट टुंगो लगाउनुपर्ने हुन्छ । कसकसलाई समानुपातिकको लिस्टमा कसरी प्राथमिकताकासाथ राख्ने आफैंमा पेचिलो विषय हो । त्यसमाथी निर्णयकर्ता सभापतिले पर्दापछाडिबाट चलखेल गरिरहेकोले पार्टीमा जटिलता थपिएको समितिका सदस्यहरु बताउँछन् ।
कांग्रेसले मंसिर १५ को केन्द्रीय समिति बैंठकले पुस २६—२८ मा काठमाडौंमा १५ औं महाधिवेशन गर्ने औपचारिक निर्णय गर्दे क्रियाशील सदस्यको मामला पुष दोश्रोसातासम्म सल्टाएर पुष १६ गते वडास्तरीय अधिवेशन र पुस २१ सम्ममा क्षेत्रिय अधिवेशन सम्पन्न गर्ने भनिएको थियो । काग्रेसको तालिकामा व्यवधान देखिएका छन् ।महाधिवेशन चुनाव पछाडि गर्नुपर्दछ भन्नेहरुलाई क्रियाशील सदस्यतामा भैरहेको बिलम्ब बलियो कारण बनेको देखिदैंछ ।
विशेष अधिवेशन त्यत्तिकै तुहाउने राजनीति कांग्रेसका निम्ति प्रत्युत्पादक बन्नसक्छ । विशेष अधिवेशनलाई सम्बोधन गर्दे सहमतिको मार्गमा कांग्रेस अगाडि बढ्नु कांग्रेस मात्र होइन मुलुकको हितमा हुनजान्छ ।
यता,बुधबारको कार्यसम्पादन बैंठकमा महामन्त्री गगन कुमार थापाले चुनाव अघि तीनतहको मात्र अधिवेशन सम्पन्न गर्ने प्रस्ताव राखेका छन् । थापाको प्रस्तावमा विमति र विरोधमा स्वरुहरु आइसकेका छन् । तीन दर्जन भन्दा बढी संख्याको कार्यसम्पादन समितिका सदस्यहरु मध्ये बुधबार १० जनाले मात्र आफ्ना धारणा राखेका छन् । पार्टी भित्रको आन्तरिक राजनीतिको माग अनुसार कसकसले कति बोल्ने भन्ने चलन पार्टीमा स्थापित छ । कारण, कांग्रेस पार्टी पद्धति र संस्कार भन्दा गुटपरस्त राजनीतिको अभ्यासमा बढी रुची राख्दै आएको देखिन्छ, केही वर्ष यता ।
थापाको प्रस्तावमा वडा अधिवेशन, क्षेत्रिय अधिवेशन र केन्द्रीय अधिवेशन मात्र गर्ने भनिएको छ ।वडा अधिवेशनबाट चुनिएका प्रतिनिधिहरु क्षेत्रिय अधिवेशनका मतदाता हुन्छन् । उनीहरुले नगर, क्षेत्रिय, जिल्ला र प्रदेशको अधिवेशनको साथ केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन र महासमिति प्रतिनिधि चयन गर्ने गर्दछन् । केन्द्रीय महाधिवेशन सम्पन्न गर्न महाधिवेशन र महासमिति सदस्य भए पुग्दछ ।
थापाको प्रस्तावकै सेरोफेरोमा नयाँ कार्यतालिका बन्नसक्यो भने पुस २६—२८ मा केन्द्रीय महाधिवेशन संभव छ । होइन, सस्थापन पक्षको पहिला चुनाव अनि मात्र महाधिवेशन भन्ने अडान फेरी पनि दोहोरियो भने विशेष अधिवेशन त्यत्तिकै तुहिने हुन्छ । विशेष अधिवेशनको राजनीतिक अस्त्रकै बलमा कांग्रेस चुनाव अगाडि महाधिवेशन गर्ने निर्णयमा पुगेको हो भन्ने कुरा यहाँ बिर्सन मिल्दैन । विशेष अधिवेशन त्यत्तिकै तुहाउने राजनीति कांग्रेसका निम्ति प्रत्युत्पादक बन्नसक्छ । विशेष अधिवेशनलाई सम्बोधन गर्दे सहमतिको मार्गमा कांग्रेस अगाडि बढ्नु कांग्रेस मात्र होइन मुलुकको हितमा हुनजान्छ ।
