तीन दिनसम्म मौसममा सुधार नहुने,तराईमा शितलहरको संभावना
काठमाडौं, ८ पुस ।
जल तथा मौसम विज्ञान विभागले मंलबार सााझ जारी गरेको मौसमी विवरण अनुसा।र आगामी तिन दिनसम्म तराईको मौसममा कुनै सुधार नहुने जानकारी दिदैं शितलहरको खतरा औंल्याएको छ ।
मंलबार साँझ जारी विवरणमा भनिएको छ ‘ देशको तराईका धेरै ठाउँहरूमा हुस्सुरकुहिरो लागेको छ । साथै आगामी तीन दिनमा समेत उल्लेख्य सुधार हुने सम्भावना नरहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’
