काठमाडौं, ८ पुस ।
नेपालका लागि चिनिया राजदूत चेन सोङगले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाई भेट गरेका छन् । केही दिन अघि चिन सरकारले उनलाई चिनको विदेश मन्त्रालयमा बढुवा गर्दे नेपालबाट सरुवा गर्ने निर्णय गरेको थियो ।
गत वर्ष जनवरी ८ देखी नेपालको राजदुत नियुक्त सोङगले प्रधामन्त्री सुशिला कार्की लगायत मन्त्रालयका पदाधिकारीसँग बिदाई भेट गरिसकेका छन् । आईतबार उनले राजदुताबासमा विदाई समारोह आयोजना गरेका थिए ।
सोङग चिनको विदेश मन्त्रालयको एशियन विभागको निर्देशनमा बढुवा भएका छन् । नेपाल आउँनु अघि उनी सोही विभागको उप निर्देशकको भूमिकामा थिए ।
नेपालको राजनीतिमा सीमा जोडिएको र आर्थिक, सामाजिक र कूटनीतिक विश्व रंगमंचमा आफ्नो विशेष भूमिका बनाएको चिनले नेपालका अब कसलाई राजदुत नियुक्त गर्ने हो ? निर्णय आइसकेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *