दर्जन बिमा कम्पनीको लाभाशं घोषणा : सिद्धार्थको २५ प्रतिशत
काठमाडौं,६ पुस ।
नेपालका जिवन बिमा कम्पनीहरुले आफ्ना सेयर साझेदारहरुलाई धमाधम लाभाशं घोषणा गरिरहेका छन् । १४ वटा जिवन बिमा, १४ वटा र्निजिवन बिमा तथा दुईवटा पुर्न बिमा कम्पनीहरु रहेकोमा पुस पहिलो सातासम्म १२ वटा बिमा कम्पनीहरुले लाभाशं घोषणा गरेका छन् ।
लाभाशं घोषणा गर्नेहरुमा ५ वटा र्निजिवन बिमा कम्पनी छन् भने ७ वटा जिवन बिमा कम्पनी छन् । घोषणा गर्नेमा नन् लाइफ बिमा कम्पनीहरुमा सिद्धार्थ प्रिमियम, आइजिआई पु्रडेन्टियल, नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सगरमाथ लुम्बिनी छन् । लाइफ इन्स्योरेन्स कम्पनीहरुमा आइएमइ लाइफ, नेपाल लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ, नेशनल लाइफ, सानिमा रिलाइन्स, प्रभु महालक्ष्मी छन् ।
नन् लाइफ इन्सोरेन्स ५ मध्ये ४ वटाले नगद लाभाशंमात्र घोषणा गरेका छन् । शिखर इन्स्योरेन्सले मात्र बोनस सेयर घोषणा गरेको छ ।
लाभाशं घोषणा गर्नेहरुमध्ये सबै भन्दा धेरै सिद्धार्थ प्रिमियम इन्स्योरेन्स २५ प्रतिशत नगद लाभाशं घोषणा गरेको छ । अन्य नगद लाभाशं घोषणा गर्नेमा प्रुडेन्टियलले ५ प्रशित, नेपाल इन्स्योरेन्सले ६ दशमलव ३२ प्रतिशत र सगरमाथा लुम्बिनीले १५ प्रतिशत नगद लाभाशं घोषणा गरेका छन् ।
शिखर इन्स्योरेन्सले भने ६ दशमलव ३२ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । जसमा ६ प्रतिशत बोनस र बाँकी कर प्रयोजनका लागि छुट्याइएको छ ।
लाइफ इन्स्योरेन्स ७ कम्पनीहरुहरु मध्ये नेपाल लाइफले सबै भन्दा धेरै २१ प्रतिशत लाभाशं घोषणा गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर छ्ट्याइएको छ । त्यस्ते सन नेपाल लाइफले २० दशवलव २६ प्रतिशत लाभाशं मध्ये ५ प्रतिशत बोनस दिएको छ । नेशनल लाइफले १२दशमलव ५ प्रतिशत लाभाशंबाट ४ प्रतिशत बोनस दिएको छ बाँकी कर प्रयोजनका लागि छुयाएको छ ।
सानिमा रिलायन्सले जम्मा १२ दशमलव ५ प्रतिशत लाभाशं मध्ये ४ प्रतिशत बोनस र बाँकी कर प्रयोजनका लागि भनेको छ । त्यस्तै प्रभु कूल ८ दशमलव ४२ प्रतिशत लाभाशंबाट ४ प्रतिशत बोनस र बाँकी करप्रयोजनाका लागि भनेको छ ।
सिटिजन लाइफले २० प्रतिशत लाभाशं दिने घोषणा गरेको छ भने आइएमइ लाइफले १० दशमवल ५३ प्रतिशत नगद लाभाशं दिदैंछ ।
