वडाको अनुरोध : वहालवालाको तिनपुस्तै विवरण दिनुस्
काठमाडौं, ४ पुस ।
सूर्यविनायक नगरपालिका वडानं ५ का वडा अध्यक्ष राजकुमार जोशीले वडामा घरधनीहरुलाई भाडामा बस्नेहरुको बारेमा जानकारी दिनुपर्ने सूचना जारी गरेका छन् ।
शुक्रबार सूचना जारी गर्दे जोशीले वडाबासीको सुरुक्षा प्रयोजनका लागि ३५ दिन भित्र वडामा अनिवार्य जानकारी दिन भनेका छन् ।सूचनामा भनिएको छ ‘यस वडामा घर बनाई विभिन्न प्रयोजनमा आआफ्नो घर बहालमा दिनु हुने घरधनीहरुले विभिन्न प्रयोजनको लागि बहालमा बस्नेहरुको हकमा तिनपुस्ते विवरण सहीत र संघ,संस्थाको हकमा आवश्यक सबै विवरण ३५ दिन भित्र उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ ।’
जोशीले सङ्लोसँग कुरा गर्दे सुरक्षा लगायतका प्रयोजनका लागि सूचना माग गरेको बताए ।

