पश्चिममा पश्चिमी वायु, पहाडी हिमाली क्षेत्रमा बदली, अन्यत्र सफा
जल तथा मौसम विज्ञान विभागले बिहिबार बिहान जारी गरेको मौसमी विवरण अनुसार आज पश्चिमी नेपालमा पहाडी हिमाली क्षेत्रमा साधारणतया बद्ली रहने छ विभागले भनेको छ, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रही अन्य भू(भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।’
आज दिउँसो
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राती
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
